logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङको बुर्तिबाङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल खड्का, बागलुङ असार ८ ।
बुर्तिबाङमा सरोकारवाला निकाय र स्थानीय पत्रकार, नागरीक समाजबिच सँमबाद तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मानव अधिकार सुनिश्चित गराै, जवाफदेहिता कायम गराैं, भन्ने उदेश्य सहित आयोजित कार्यक्रम निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्र्तगत जिल्ला बिकास सम्मोन्य समितीको सहयोग तथा आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानब अधिकार रक्षक सञ्जालकाे संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
सामुदायिक रेडियो ढोरपाटन रेडियाे स्थानीय सम्याेजन तथा सहयाेगमां गरियकाे कार्यक्रमका अबसरमा सहभागि बक्ताहरुले सँबिधानमा अधिकार र कर्तब्यका बिषय समेटीएपनी कार्यान्यको पाटो फितलो हुँदा अधिकार र कर्तब्य सँगै सँबिधानको पुर्ण ब्यबहारीता हुन नसकेको बताएका हुन् ।

सँबिधान देशको मुल कानुन भएपनी राजनितीको आड, अधिकार सँगै कर्तब्य निर्वाह हुन नसक्नु, कानुनको राज्यपक्षबाट पुर्ण पालन हुन नसक्नु जस्ता कारण जनताले पुर्ण रुपमा लोकतन्त्रको आभास गर्ने अबस्था अझै भईनसकेको बताएका हुन् । कार्यक्रमको बिषयबस्तु माथि प्रकाश पार्दे सत्कर्म नेपाल बाग्लुङका मानव अधिकारकर्मि यवं अभियन्ता सिताराम थापाले नेपालको सँबिधानमा उल्लेखित प्राबधान चुनाैति र संभावनाकाे बारेमां प्रश्तुति गरेका थिए ।

उहाका अनुसार मानब अधिकारको बिषय जटिल बनदै गईरहेको अबस्थामा नागरपक नै स्यम सम्मेमित बन्दै आफनो अधिकार सँगै नागरीकले पाउने अधिकारमा भुमिका खभिबृद्दि गर्न र कर्तब्यलाई जोड् दिनुपर्ने बताउनु भयो । उहाँले सँबिधानमा लेखिएका मौलीक हक, स्वतन्त्रताको हक, धर्म, स्थान, परीबेश, अधिकार लगाएतका हकलाई सँबिधानले समेटीएपनी कार्यान्यमा चुनौती रहेको बताउनु भयो । यसै गरि प्रश्तुतिमा थापाले संक्रमणकालिन न्याय र द्दन्दपिडितकाे मुद्दा सम्बाेधन नहुंदा सम्म नेपालकाे शान्ति प्रकृया सुनिश्चित नहुने बिषयमां पनि स्पष्ट पार्नु भयबाे थियाे ।

कार्यक्रममा प्रमुख अतिथी साँम्सद छन्तयालले बोल्दै आफुले यस क्षेत्रका नागरीकको हक अधिकार सँगै स्वरोजगार मुलक कार्यक्रमलाई प्राथमिकता दिईरहेको बताउँदै दुई बर्षमा क्षेत्र नँ ३ का २० वटै साविकका गाविसमा महिला, कृषक, एकल महिला, अल्पसंख्यक, बिभिन्न आम दलित जनजाति महिला, र समुदायका निम्ती बिभिन्न स्वरोजगार मुलक कार्यक्रम समेत गरीएरहेको बताउँदै जनताको अधिकार सँगै सबैक्षेत्रको बिकासमा आफुले हकदम प्रतिबद्ध भएर समाज रुपान्तरण मुलक अभियानमा जुटिरहने बताउनु भयो ।

आयोजित कार्यक्रममा आमा मिलन केन्द्र बाग्लुङका अध्यक्ष ज्ञानु थापाको अध्यक्षता, क्षेत्र नँ ३ का साम्सद ज्ञान कुमारी छन्त्यालको प्रमुख आतिथ्यता, ढोरपाटन नगरपालीका वडा नँ १ का अध्यक्ष चित्र भण्डारी, सत्कर्म नेपाल बाग्लु्ङका अध्यक्ष सिताराम थापा, ढोरपाटन नगरपालीका कार्यकारी अधिकृत राम प्रसाद आर्चाय, छन्त्याल सँघ केन्द्रिय उपादक्ष पदम छन्त्याल, वडा नागरीक मञ्चका अध्यक्ष गुञज भण्डारी, अल्पकालीन महिला समिति सल्लाहकार दुर्गादेबि घर्ति, ढोरपाटन नगरपालीका वडा नँ १ का निर्वाचित सदस्य असारी बिक, गौमती कुमाल, स्थानीय सञ्चार माध्यमका प्रतिनीधि, लगाएतको आतिथ्ता रहेका थियो । उहांहरुले यस्ताे कार्यक्रम अावश्क रहेकाे अाैल्याउनु भयाे ।

रेडियो बुर्तिबाङका स्टेसन मेनेजर झरना कँडेलको स्वागत रहेको कार्यक्रममा कार्यक्रममा ढोरपाटन नगरपालीका वडा नँ १ का अध्यक्ष चित्र भण्डारी , सत्कर्म नेपाल बाग्लु्ङका अध्यक्ष सिताराम थापा, ढोरपाटन नगरपालीका कार्यकारी अधिकृत राम प्रसाद आर्चाय, छन्त्याल सँघ केन्द्रिय उपादक्ष पदम छन्त्याल, वडा नागरीक मञ्चका अध्यक्ष गुञज भण्डारी, अल्पकालीन महिला समिति सल्लाहकार दुर्गा देबि घर्ति, रेडियो परीवर्तनका सुमन सुनार,लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम पत्रकार छबिलाल पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend