logo
  • शनिबार, साउन ३० २०८३

सुप्रसिद्ध गायक पोखरेल विश्व संगीत दिवसमा उपराष्ट्रपतिद्वारा सम्मानित


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

सुर्य चन्द, काठमाडौँ असार ८ ।
सुप्रसिद्द गायक सिताराम पोखरेल विश्व संगीत दिवसमा आयोजित कार्यक्रममा उपराष्ट्रपतिद्वारा सम्मानित भएका छन । नेपाल सांगीतिक संघको आयोजनामा विश्व संगीत दिवसको अबसरमा गरिएको कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनले सुप्रसिद्द गायक सिताराम पोखरेललाइ सम्मान गरेका थिए ।
नेपाली कला, सस्कृति, साहित्य संगीत क्षेत्रमा प्रत्यक्ष रुपमा राष्ट्रलाइ पुर्याएको योगदान तथा निरन्तर रुपमा नेपाली सांगीतिक क्षेत्रमा लागी परेर नेपालि संगीतको अभिभाबक बनेर सांगीतिक फाटको एक धरोहर बन्दै नेपाली सांगीतिक क्षेत्रलाइ राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल भएकोमा सुप्रसिद्द गायक सिताराम पोखरेललाइ सम्मान गरिएको थियो ।
सदाबहार गित आखाको नानि हौ तिमि भन्ने गित गाएर चर्चाको शिखरमा बस्न सफल तथा दर्जनौ हिट तथा सदाबहार गित गाएर नेपाली दर्शक तथा श्रोताहरुको मन मुटुमा बस्न सफल बरिष्ट गायक सिताराम पोखरेल २०४४ साल देखि निरन्तर सांगीतिक फाटमा लागेर एक सय पचास भन्दा बेसी सुमधुर गीतमा आफ्नो आवाज भरि सकेका छन । निरन्तर संगीत सधानामा नै लागेर उनले नेपालमा मात्र नभएर देश बिदेशमा समेत चर्चा कमाइ सकेका छन ।

सगरमाथाको फेदी सोलुखुम्बु, खोटांग देखि भर्खरै मात्र अमेरिका,सिंगापुर, मलेसियामा सम्मान ग्रहण गरेका पोखरेलले नेपाल पत्रकार महासंघ पर्सा, लाइन्स क्लब अफ पोखरा, लेखनाथ ज्यासिस, नेपाल भारत मैत्री संघ बाके, भानु कला केन्द्र बिराटनगर, पुर्बाञ्चल संगीत कलाकार संघ बिराटनगर, राष्ट्रिय गायन सम्मान, राष्ट्रिय नागरिक सेवा सम्मान लगायत अन्य धेरै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान पाईसकेका छन ।

गायन संगै समाजसेवामा समेत अग्रणी भूमिका निर्बाह गर्दै आएका गायक पोखरेल मिजाशिला व्यक्तित्वका धनि पनि छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend