साझा नेटवर्क
काठमाडौँ, असार ८ ।
अहिलेको चर्चित तथा व्यस्त लोक तथा दोहोरी गायक/गायिका द्वय पशुपति शर्मा र जुना श्रीस मगरले “माईती भन्छन किन आईती ?” भन्ने तीजको कोशेली बजारमा ल्याएका छन् ।
पशुपति शर्माको लय/शब्द रहेको यस गीतमा पशुपति र जुना दुवैको सुमधुर स्वर रहेको छ । मगर्स क्रियशन कम्पनीको फिल्म/म्युजिक प्रोडक्सन हाउसले उत्पादन गरि बजारमा ल्याएको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन ।
करन चैसिरले छायांकन गर्नुको साथै बिष्णु शर्माले सम्पादन गरेका छन । यस गीतमा पशुपति शर्मा, जुना श्रीसमगर र दिल कुमारी राम्जाली गर्बुजामगर अभिनय गरेका छन् भने अन्य बाल कलाकारहरु शास्वत शर्मा र लुबिना शर्माको पनि अभिनय रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend