साझा नेटवर्क
कुसुम नेपाली, गुल्मी असार ८ ।
२० वर्ष पछि हुन् लागेको स्थानिय तहको निवार्चन नजिकिदैँ गर्दा प्रमुख तीन दल यतिबेला चुनावी सभा तथा घर दैलो अभियानमा निकै व्यस्त देखिएका छन् । चुनावमा बहुमतले विजयी हुनका लागी राजनितिक दलहरु यति बेला जनताको घरदैलोमा जनताको मन जित्ने मुद्दाहरु समेटेर प्रचार प्रसारमा जुटिरहेका हुन् ।
यसै क्रममा गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ४ मा पनि नेकपा एमालेले चुनावी सभा तथा घरदैलो अभियानलाई तिब्रता दिएको छ । नेकपा एमालेबाट प्रमुखमा सोमनाथ सापकोटाले उम्मेदवारी दिनु भएको उक्त नगरपालिकाको वडा नम्बर ४ बाट वडा अध्यक्षमा ओम बहादुर केसीले उम्मेदवारी दिनुभएको छ ।
सडक, खानेपानी , सिँचाइ, तटबन्ध , शिक्षा, स्वास्थ्य, पोखरी तथा जलाधर संरक्षण , सामुदायिक भवन, धार्मिक साँस्कृतिक तथा पर्यटन , कृषिका एजेण्डा लिएर चुनावी मैदानमा उत्रिनु भएका वडा अध्यक्षका उम्मेदवार केसीले जनताको काम गर्ने बताउनु भयो ।
यस्तै उम्मेदवार केसीले एमाले जनताको पार्टी भएको भन्दै आफुले जिते मुसिकोट नगरपालिका वडा नम्बर ४ मा सम्पुर्ण सामाजिक, सुरक्षाका कार्यक्रमलाई हरेक टोल टोल र घर घरमा सम्म पुर्याँउने प्रतिबद्धता समेत गर्नु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend