साझा नेटवर्क
प्रेम सुुनार, गुल्मी असार ८ ।
म हिजो गुल्मीको रुरु गाउँपालिकाको वम्घा गाउँमा गाई काटेको सम्वन्धी समाचारको स्थलगत रिर्पोट लिन पुगेको थिएा । त्यसको समाचार स–विस्तार लेख्दै जाउँला त्यस पुर्व मैले जे बुझे, विशेष गरी दुई वटा सवालमा स्वतन्त्रपुर्वक म एक रिर्पोटरको डायरी पस्कीदैछु ।
म याहाँ कुनै राजनैतिक दलको नाम लिन चाहन्न तर त्यहाँको एक पक्षले फेशबुकवाजी गरेर विपक्षीहरुले गाई काटेर भोज खुवाए भन्नु लज्जा स्पद् हो कि होईन ? भोज नै खुवाउानु परे जो कोही राजनैतिक दललेले खसी होईन त्यो भन्दा पनि महाङ्गो मुल्यको मासु जस्तै च्याङ्ग्रा ,वादेल पनि काटेर खुवाउन सक्छन् । जावो त्यो लत्रेको गाई भनिएको सानो बााछ्छी काटेर पनि कसैले भोट तान्न भोज कुवाउँला ? पछिल्लो चरण क्रमिक रुपममा बिकाउ भनिएका भोटरहरु महाङ्गो हुादै गई रहेका छन् भन्छन् जानकारहरु ।
२०६४ को निर्वाचनमा टुुङकुलो स्तरका भोटरहरु २०६४ को चुनावमा आएर भिजन रक्सी स्तरमा पुगेको र अहिले उनिहरु त्यो भन्दा पनि उच्च व्राण्डको स्तरमा पुगेको नेताहरु विच ठट्टावाजी समेत चल्ने गरेकको छ। ठट्टावाजी मात्र नभई सत्य पनि हुन सक्छ कि २०७० को चुनावताका भैसी काटिएका दलित बस्तीमा २०६४ मा आउँदा मज्जाका राँगा र पाडाहरु काटियो भन्ने रिर्पोट पनि नआएको होईन । यसरी क्रमिक रुपमा बृद्धि भई रहेको हिसावले त यो चुनावमा दलित वस्तीमा र अन्य समुदायमा पनि बोका र खसी काटीनु पर्ने हो ,वम्घाको दलित वस्ती त्यति धेरै गिरेर काई काटेर चुनावी भोज कदापी गर्नै सक्दैन ।
म त्यहाँ पुगेर आएा , एकादुई गलत प्रबृद्धिका मान्छे भए भन्दैमा अरु त्यहााका दलित समुदायलाई मुछ्न पाईदैन । त्यहााका अधिकांस दलित समुदायहरु शिक्षित , सचेत, सभ्य र आत्मानिर्भर समेत हुादै आएको मैले प्रष्ट देखेर आएँ। गाई काटे भनिएका व्यक्ति हुन, कुनै राजनैतिक दल होईनन् । त्यो कुनै दलले नभई तिनै व्यक्ति, उनको प्रबृद्धि र संस्कारले निम्ताएको घटना हो त्यो भन्ने कुरा स्थलगत रुपमा पुग्दा जो कोहीले स्पष्ट बुझ्द छ। त्यस घटनामा मुछिएका मध्ये एक जना दैनिक जसो जाँडकै भरमा बााचेका व्यक्ति हुन भनेर परिवारकै सदस्यहरु बताउा छन् ।
अर्का व्यक्तिले पनि त्यस दिन राती संगै अर्कैको गोठमा बसेर मदिरा सेवन गरे पछि गाई काट्ने अपराध सम्ममा पुगेको बुझ्न सकिन्छ । आरोपित अमर नेपालीका पारिवारजनको जिकिर छ अत्यन्तै अफ्ठ्यारो बाटो र उकालो भएकोले गाई लडेर घाईते कि त मरेको पनि हुन सक्छ । त्यो भोलीका दिनमा प्रहरी अनुसन्धानले देखाउाला । तर यस्तो पुर्णत: व्यक्तिगत र प्रबृद्धिगत घटनामा कुनै एउटा राजनैतिक दल विरुद्ध चुनावी मुद्धा कसैले बनाउानु नितान्त गलत कार्य हो ।
त्यस्तै सोही गाउँपालिकामा कतिपयले कतिपय उमेदवारको चरित्र हत्या गर्ने नियतका साथ युवती पात्रलाई हतियार बनाएको पनि स्थानियहरुले बताए । याहाँ का पुराना एक जना समाज सेवी भन्छन ति दुवै खाले एक अर्का विरुद्धका प्रचार दुवैका लागि घाटा हुन सक्छ । उनि भन्छन् –‘ न त्यो गाई काटेको भनिएको काण्ड कुनै दल संग जोडिन सक्छ न त एउटा अविवाहित युवाले कुनै युवतीलाई चार वर्ष अघि राखेको भनिएको यौन सम्वन्धको प्रस्ताव बल्ल अहिले त्यो पनि यो चुनावको मुखमा आएर प्रचारमा ल्याउनु एउटा जिम्मेवार राजनैतिक दलका लागि सुहाउादो विषय हुन सक्छ ।
’ याहाँका धेरैले प्रति प्रश्न गर्दै भने–‘उति वेला ति युवतीले के हेरेर बसिन् ? किन कतै उजुरी दिईनन् र चार वर्ष सम्म त्यस विषयमा चुा नगरेकी मान्छे बल्ल यो चुनावको मुखमा आएर उठाईयो ? यस्ता कुराले पतन कसलाई गराउाछ ? नाम नबताउने सर्तमा ति समाज सेवी थप्छन्–‘अर्को कुरा युवा अवस्थामा विपरित लिङ्ग प्रतिको आकर्षण र ‘हेलो हाई ’प्राकृतिक नियम नै हो । प्रस्ताव राखेकै भए पनि उनले जवरजस्ती नगरेको कुरा त प्रष्ट नै भयो ।’
पुराना कुरा निकालेर उमेदवारहरुको चरित्र हत्या गर्ने नै हो भने तिन ‘म’ मासु, मदिरा र मैयााको सवालमा केहि अपवाद वाहेक कुनै पनि पुरुष अछुतो होला र ? चर्चा गर्ने नै हो भने विगतमा कतिपयले कसैको घर फोर्न जाादा गाउालेहरुले ढाकछोप गरेकै हो । सुस्त मनस्थितीकी महिलालाई समेत कसैले नछोडेकै हो र कसैले कसै संग अवैध सम्वन्ध राखेर बसेको गर्भ मिल्काएर पानी माथीको ओभानो बनेकै हो । कसैले सारा मानिसका सामु जुत्ता चप्पल खाएकै हो । कसैले हाड नाता सम्वन्ध पनि नभने कै हो ।
यो कुरा रुरु गाउापालिकाका कुनै पनि उमेदवारको हकमा लागु न होला तर कोट्याउादै जाने हो भने अन्यत्र त्यस्ता पात्र तमाम हुन सक्छन भन्न खोजिएको हो । सामाजिक सञ्जालमा यति वेला डर लाग्दा चरित्र हत्याका दृश्य र लेखन देख्न पाईन्छ । सुनियोजित रुपमा एउटा निर्दोषलाई पनि रेकर्ड , वा उ जस्तै नक्कली तस्वीर बनाएर पोष्ट गर्न पनि सक्छन् । त्यसो गर्ने हो भने वाटोमा उमेदवारले दिशा पिशाव गर्न लागेको , खाएको , सुतेको बसेको आदि ईत्यादी तस्वीर खिचेर पोष्ट गरे पनि भयो ।
कसै प्रति अपराध ,दवाव र प्रलोभन वाहेकको अवस्तामा पुरा गरिएका वा प्रस्ताव राखिएका प्राकृतिक चाहनाहरु पुर्णत: व्यक्तिका स्वतन्त्रता र गोपनियता संग सम्वन्धित हुन भनेर कानुनका ज्ञाताहरु बताउा छन् । यसर्थ कुनै पनि स्थानका राजनैतिक दलहरुले एउटा दोषि व्यक्तिलाई कुनै पनि पार्टी संग जोडेर कुपचार पनि नगरौं र कुनै पनि उमेदवारको चरित्र हत्याको प्रयास पनि नगरौं भन्ने म यहि डायरी मार्फत सवै संग निवेदन गर्दछु । बाँकी जो आज्ञा……
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend