साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ असार ८ ।
बाग्लुङ जिल्लाको निसिखाेला गाउपालिका वार्ड नं ५ निसिमां महिलाकाे न्यायमा पंहुच र कृषिमा अाधारित तरकारी खेति क्षमता बिकास अभिमुखिकरण तालिम तथा सहयाेग सम्बन्धि दुई दिवशिय कार्यक्रम सम्पन्न भएकाे छ ।
आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानब अधिकार रक्षक सञ्जाल बाग्लुङको सँयुत आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। निर्वाचन क्षेत्र बिकास कोष क्षेत्र नं ३ र जिससकाे अार्थिक सहयोगमा सञ्चालीत कार्यक्रमका अबसरमा निसिखाेला गाउपालिका वडा नँ ५ निसि वार्ड नं ६ भल्काेटका ८६ महिलाहरु तथा स्थानिय जनप्रतिनिधिहरुकाे सक्रिय सहभागिता रहेको हो ।
कार्यक्रममा प्रमुख अतिथि सांसद, ज्ञान कुमारि छन्त्यालले मुलुककाे बिकास र निकास हुनु पर्ने बताउदै यस्ताे तालिम र सहयाेग कार्यक्रमले दुर्गम भेगमां रहेकाे महिलाहरुकाे नेतृत्व क्षमता बिकास र नयायमां पंहुच पुग्ने बताउनु भयाे।
साे अवसरमां बाेल्दै सत्कर्म नेपालका कार्यकारि प्रमुख ययवं अभियान्ता सिताराम थापाले महिला सदियाै बर्ष देखि पितृसत्ताकाे जांताेमां पिसियका नेपाली नारिहरु न्याय र उन्मुक्ति चाहने हुंदा यसकाे लागि प्रत्यक बर्ष महिलाहरुकाे क्षमता बिकास गरि न्याय सुनिश्चित प्रकृया अघि बडाउन र अाधुनिक खेति गरि अर्थाेपार्जन गर्न याे कार्यकर्मकाे अायाेजना अभियानकाे रुपमा गरियकाे बताउनु भयाे।
कार्यकर्ममा बाेल्ने अन्य बक्ताहरुमां अायाेजक संस्थाकाे ज्ञानु थापा मगर, राजनितिक कर्मि सागर छन्याल, पुर्व जिबिस सदस्य तुलासिह घर्ती मगर, वडा सदस्य सुनिल बि. क., नेपाली कांङगेसका गाउँ सभापति सान्त छन्त्याल, ज्ञनेन्द्र माबिका प्र अ अमृता बुढा मगर, जनज्याेति प्राबिका प्र अ जनक छन्त्याल, वार्ड सदस्यहरु गाैमति कुमांल, महेन्द्र कुमारि घर्ती मगर, ददिकला बि क, तेजेन्द्र पुन, चुले बि क, रबिमला घर्ती, बेलमति सुनार, समाजसेवी चन्द्रकला बढा मगर, ज्ञानेन्द्र मां बि का शिक्षक, तालमांया पुन, ज्ञानेन्द्र माबिका शिक्षक, सुनिता पुन लगायतले अाफ्नाे धारणा राख्नु भएकाे थियाे।
साे समारोहमा सांसद तथा अायाेजक प्रतिनिधिहरुलाई स्थानिय निर्वाचित जनप्रतिनिधिहरुले फुलमालाले सवागत गरेका थिए । तालिममां सहभागिहरुलाई सांसद छन्त्याल द्दावारा उन्नत कृषिकाे बीउ बिजन लगायतकाे सामाग्रिहरु बितरण गरिएको थियाे ।
महिलाकाे न्याय अधिकार र कृषिमां अाधारित अाधुनिक तरकारि खेतिकाे बारेमा प्रशिक्षक सिताराम थापा र ज्ञानु थापा मगरले सहजिकरण गरेका थिए। वडा अध्यक्ष हर्कमान घर्तिकाे अध्यक्षता र संचालन ज्ञानु गापा मगरले संचनलन गर्नु भयकाे थियाे।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend