logo
  • शुक्रबार, असोज ९ २०८३

तीज कोशेली “आहा रेलुमै” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटवल, असार ७ ।
गतवर्ष भन्दा यसबर्ष धेरै गायक गायीकाहरुले तीज गीतमा पुरानो लयलाई प्राथमिकता दिएका छन । हरितालिका तीज आउन अझै करिब २ महिना बाकि रहे पनि तीज गीत बजारमा सार्बजनिक हुन थालिसकेका छ्न ।
अर्घदर्बार फिल्म्सले बजार व्यवस्थापन गरेको तथा अविरल फिल्म्सले दृश्य निर्माण गरेको गीत गीत “आहा रेलुमै ” आजै देखि सार्बजनिक भएको छ । रेलुमै पुरानो लय हो त्यो पनि करिब १०० बर्ष पुरानो , जुन नेपालको पशिमंचल बिकाश छेत्रमा गाईने अत्यन्तै चर्चित भाका हो ।

यो भाकालाई संकलन गरेकाछन लोक तथा दोहोरि गायक बसन्त लम्सालले । हजुर आमा र गाउका पुराना व्यक्तित्वहरुको सल्लाह सुझाब अनुसारनै शब्द तयार गरि गीत तयार परेको बताउने लम्सालले अहिले सम्म करिब २ दर्जन भन्दा बढी गीत बजारमा आइ सकेकाछन भने “आहा रेलुमै “मा बसन्त लम्साल र चेतना थापाको स्वर रहेको छ ।

बिष्णु भट्टराईको निर्देशन सम्पादन रहेको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ । हेमन्त खनाल, देबु खनाल,दिव्या, मिना, कुलचन्द्र, किशोर , मेनुका लगायतको अभिनय देख्न सकिन्छ भने नृत्य निर्देशन किशोर थापाको रहेको छ ।


हेरौ दर्शकले अत्यन्तै रुचाएको लय “आहा रेलुमै” को भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend