logo
  • शुक्रबार, साउन ८ २०८३

रेसुङ्गा नगरपालिका मेयर पदका स्वतन्त्र उम्मेदवार भन्छन् ‘जनता भेडाहुन र गन्नलाई’ ?


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

अनिल खत्री ,गुल्मी असार ७ ।
दोस्रो चरण असार १४ गते हुने स्थानिय तह निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट तिन जनाले स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । स्वतन्त्रबाट मेयर पदमा उम्मेदर बनेका अजय पन्थीले आफना चुनावी एजेण्डा सार्बजनिक गरेका छन् ।

बुधवार जिल्लाको सदरमुकाम तम्घासमा पत्रकार सम्मेलनको आयोजना गर्दै शिक्षा स्वास्थ्य सहित समृद्धशाली नगरको परिकल्पना गर्दै २४ बुदे लामो चुनावी एजेण्डा सार्बजनिक गरेका छन् ।

पन्थीले आफ्ना निति तथा कार्यक्रममा भष्टारमुक्त नगरबनाउने प्रमुख एजेण्डा बनाएका छन् । पन्थीले भ्रष्टचार रोक्न बिशेष अनुगमन समिति गठन गर्ने देखि नगरभित्र अतिक्रमण भएका सरकारी जग्गाहरु सरकारी स्वामित्वमा ल्याउने सम्मका योजनाहरु सार्बजनिक गरेका छन् ।

उनको घोषणा पत्रमा राजनितिमा गुटतन्त्र,लुटतन्त्र, झुटतन्त्र हावी भएको छ त्यसको अत्य गर्नुपर्छ । भन्छन् ‘आफनै छोरो उम्मेदवार बन्दा बुवा भोट माग्न हिडदैनन् यो कस्तो खालको राजनिति हावी भयो ।’ छोराको सहि बिचारको पनि यहाा आफ्नै बाउले कदर गर्दैन् उनले भने ‘राजनिति लिप्त जनता बन्दा देसले फडको मार्न सकेको छैन् ।’ उम्मेदवार हेरिदैन उसको एजेण्डा हेरिदैन पन्थीले भने ‘बिचार उसका निति भन्दा पनि राजनितिलाई माथी ठान्नु गलत खालको प्रबृति हावी भयो ।

’ राजनितिमा आरोप प्रत्यारोप गाली गलोजले चन्दै आयो उनले भने ‘मासु मदिराको हैसियत भन्दा दलीय राजनिति माथि उठ्न नसक्नुले भोलिका भावी पुस्ताको निमित्त चुनौती थपिएको छ ।’ उनले भने ‘राजनितिक दलले जनतालाई मेरो भोट तेरो भेट भन्दै गन्नलाई के जनता भेडा हुन् र ? ।’ जनतालाई स्वतन्त्र बन्नु पनि अधिकार छ उनले भने ‘जनता दासी हैन मालिक बनाउनु पर्छ त्यसको लागी उम्मेदवार बनेको हुा ।’ पन्थीले चुनावी निति कार्यक्रममा सुन्दर नगर देखि सबै खाले निकास निर्माणमा जेड दिएका छन् ।

उनले कृषिलाई आधुनिकरणमा जोड दिर्दै युवाहरुलाई स्वोरोजगारको ब्यावस्थालाई जोड दिएका छन् । उनिले झण्डै एक वर्ष पहिले राजनितिबाट सदाका लागी नलाग्ने घोषणा गर्दै स्वतन्त्र रहने जनाएका थिए । उनि कांग्रेस समर्थक थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend