साझा नेटवर्क
बुटवल, असार ६।
नयाँ कलाकारहरु विचमा एकले अर्कोको गीत कपि गरेको खवरहरु त प्रशस्तै आउछन तर गीत संगीतकै इतिहास बोकेका र धेरै सिर्जना गरेका सर्जकहरु विच यस्तै चोरीको विषयमा दोहोरी हुँदा सबैलाई रमाइलो लाग्नेनै भयो । यस्तै भएको छ । सर्जक तथा गायक रामप्रसाद खनाल र चर्चित सर्जक रमेश वि.जी. विचमा, एकले अर्कोलाई गीत कपि गरेको आरोप प्रत्यारोप लगाएका छन ।
खनालले भर्खरै मात्र रेकर्ड गरेको गीत विजिले आज भन्दा १५ बर्ष पहिले लेखेको गीतको हुबहु कपि भनेका छन भने खनालले २०५४ सालमा यो गीत आफुले रेकर्ड गराएको दावी गरेका छन । अर्को तर्फ हाल दुबईमा कामको सिलसिलामा बसोबास गर्दै आउने सर्जक नवराज घिमिरेले लालुमै भाका कसैको पेवा नभई हजुर आम जिजु आमाको पालादेखि तीजमा गाउदै आइएको भाका भएकोले स्टुडियोमा रेकर्ड गराएको भरमा कसैको पेवा हुन नसक्ने बताउछन ।
नवराज घिमिरे, सकुन्तला ढकाल र मीरा महोत्राले भर्खरै मात्रै बजारमा ल्याएको लालुमै दर्शकको रोजेमा परिसकेको छ । बिधान कार्की, सकुन्तला ढकाल को स्वर रहेको गीतमा लय शब्द संकलन नवराज कुवर, राजु महोत्रा र बिधान कार्कीको रहेको छ ।
अविरल फिल्मसले दृश्य निर्माण गरेको भिडियोलाई बुटवलका निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन । सरिका केसी, राजु महोत्रा र यम पुनको अभिनय रहेको छ । लालुमै अर्घाखाँची, गुल्मी, पाल्पा तिर तीजमा गाइने भाका हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend