logo
  • शनिबार, भाद्र २० २०८३

नयाँ शक्तिका नेता पर्शुराम जुन २५ मा कतार आउदै


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

ध्रुब क्षेत्री, दोहा ।
नयाँ शक्ति नेपाल पार्टीको प्रवास संगठन अन्तर्राष्ट्रिय नेपाली समाज (INSQ) कतारको आंगिंग संगठन जनजाति बिभागको प्रथम अधिवेशन यही जुन २६ तारिख सोमबार दोहाको नाजमा स्थित अल्नकायेन होटेलको सभा हलमा हुने भएको छ ।
डाक्टर बाबुराम भटटराईद्वरा नेतृत्व गरिएको नया शक्ति नेपालले अबको निकास आर्थिक बिकास, सम्भव छ समृद्धि हाम्रै पालामा” भन्ने नारा सहित स्थापित पार्टीको कतार संगठन अन्तर्गत अङ्गिग बिभागको प्रथम अधिवेशन पार्टीका केन्द्रीय कार्याकारी सदस्य, र्राष्ट्रिय मामिला संयन्त्र समितिका संयोजक तथा जनजाति नेता पर्शुराम तामाङको प्रमुख अतिथ्यमा जुन २६ रमदान-इदको दोस्रो दिन हुन लागेको केन्द्रिय परिषद सदस्य तथा कतार संगठनका संयोजक बि बि खरालले जानकारी गराएका छन् ।

अन्तराष्ट्रीय नेपाली समाज (नयाँशक्ति) कतार जनजाति बिभागको अधिवेशन यहि २६ तारीख़ दोहामा हुने भएकाले नेता पर्शुराम तामाङ नयाँ शक्ति कतारको जनजाती बिभागको अधिबेशनलाई सफल बनाउन जनजाति बिभागको निमन्त्रणामा यहि २५ जुनका दिन कतार आइ पुग्ने अधिवेशन आयोजक समितिका संयोजक दिलिप लोप्चन तामाङले बताएका छन ।

लोप्चनका अनुसार अधिबेसनलाइ सफल बनाउन नयसक्ति कतार पाटि संगठनको नेतृत्व पंगती लगाएत जनजाति युवा अभियन्ताहरु निमा लामा, पुष्प मोग्क्तान, निमा योञ्जन तामाङ, रबिन्द्र रोका लगाएतका युवाहरु लागि रहेको र यसलाई भब्य र सभ्य रुपमा सफल बनाउन सम्पूर्ण तयारीका साथै अन्तराष्ट्रीय नेपाली समाज कतारले सम्पूर्ण कतारबासी नेपालीहरु र मुलत जनजाति अभियन्ताहरुमा आर्दिक आग्रह सहित बिभागको तर्फाबाट अपील गरेको बताए ।

नयासक्ति कतारले कार्यक्रमलाई सफल बनाउन कतारमा रहनुहुने सम्पूर्ण जिल्ला सस्था प्रमुख, जनजाति सस्था बैचारिक नेतृत्व तथा नयासक्ति कतारका अभियन्ता लगायत शुभचिन्तकहरुलाई उपस्थित हुन आग्रहसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend