साझा नेटवर्क
अनिश शर्मा गैरे, गुल्मी असार ५ ।
मुसीकोट नगरपालीका ४ ओटा सोलार बत्ती जडान गरीने भएको छ । जिल्ला समन्वय समिति गुल्मीले मुसीकोटमा ४ ओटा सोलार बत्ती जडान गरिदिने जानकारी दिएको हो ।
स्थानीय बिकास अधिकारी कल्पना श्रेष्ठका अनुसार मुसीकोट नगरपालीकाको लागि तत्काल ४ ओटा सोलार बत्ती जडान गरिदिने निर्णय भएको जानकारी दिनुभयो ।
नगपालीकाको कार्यालय अगाडी, बसपार्क, जीपपार्क तथा आँखा उपचार केन्द्रको नजिकै उक्त बत्तीहरु जडान गरीने महिला नेतृ तथा मुसीकोटकी उपमेयर उम्मेद्वार बिष्णु सापकोटाले जानकारी दिइन । मुसीकोट बासीले यस प्रयासलाइ खुशीको श्रोतको रुपमा लिएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend