साझा नेटवर्क
संगीता कुँवर, टोकियो ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा रहेका नेपालीको संख्या बढे संगै बिधार्थी कुक र हरेक नेपालीका समस्या समाधानका लागी सबै क्रियाशिल संघसंस्था लागी पर्नुपर्ने बताउनु भएको छ । जापानमा रहेका नेपाली अन्तराष्ट्रिय रुपमा पनि पहिचान राम्रो र सफल बन्दै गएकोमा खुसि व्यक्त गर्दै अब सिकेका सिप प्रविधि र लगानी नेपालमा गर्नुपर्ने बताउनु भयो ।
एनएनआरएन जापान र जापानमा क्रियाशिल संघसंस्थाहरुले आईतबार आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै राणाले यस्तो बताउनु भएको हो । राणाले संबिधान कार्यन्वयनसंगै देशमा लगानीको बातावरण पनि सिर्जना हुने र बिदेशमा रहेका नेपालीका लागी राम्रो अबसर बन्ने बताउनु भयो ।
कार्यक्रममा जनसम्पर्क समिति जापानका सभापती डिपि कडेंल,ओनएनएफ जापानका कार्यवाहक अध्यक्ष बावुराम भण्डारी , नेपाली जनप्रगतीशिल मोर्चाका प्रतिनिधी श्रवण सत्याल,अन्तर्राष्ट्रीय नेपाली समाजका प्रतिनिधी सरिता भट्टराई , नेपाली जनप्रगतिशिल समाजका अध्यक्ष दिनेश शाहि लगायतले मतब्य राख्नुभएको थियो । जापानमा क्रियाशील राजनैतिक संघसंस्थाका प्रतिनिधि तथा बिभिन्न संघ संस्थाका प्रतिनिधिको बाक्लो उपस्थिति रहेको थियो ।
राजदूतवासका उपनियोग प्रमुख कूष्णचन्द्र अर्याल ,एनआरएनए आईसीसी एशिया प्यासेफिक संयोजक किरण बिक्रम थापाको विशेष आतिथ्यता रहेको कार्यक्रममा नरबहादुर थापाको स्वागत मन्तव्य तथा जनक बिक्रम शाहीको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुदन थापाको अध्यक्षता रहेको थियो । राजदुत राणा जापानका लागी पहिलो महिला राजदुत हुनुहुन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend