साझा नेटवर्क
बिजय कुमार मगर, कतार ।
“आजको थोपा थोपा बचत—भोलिको सुनौलो भविष्यको बलियो आधार” भन्ने मूल नाराको साथमा नेपाल प्रवासी मगर बचत कोषको चौथो साधारण भेला मिति २०१७ जुन १६ तारीख कोषका अध्यक्ष केशव राना मगरको सभापतित्वमा, कतारका लागि सास्कृतिक बाङ्ग (राजा) २०१७-१८ का रेशम आले मगरको बिशेश उपस्थितिमा र नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा दोहाको ओल्ड घानिममा स्थित राजमहल रेस्टुरेन्टमा सम्पन्न भयो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथी कोषका निवर्तमान अध्यक्ष तथा मगर संघ कतार केन्द्रिय समितिको द्धितिय उपाध्यक्ष लिलम्बर चिदी मगर रहनु भएको थियो भने अतिथीहरुमा मगर संघ कतारका केन्द्रिय सल्लाहकारहरु देब बहादुर राना मगर, डि एन मगर, प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर, महिला सदस्य खगी पुन मगर, महिला संयोजक ईश्वरा थापा मगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर , सनैया “ए“ समितिका सचीव चेत बहादुर मगर , सनैया “बि“ सदस्य बुद्धि ढेगा मगर, वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामी मगर र संघका आठौं कार्यकालका प्रथम उपाध्यक्ष प्रकाश आले मगर रहेका थिए ।
सभापति प्रमुख अतिथि र अतिथिहरु बाट दियो बालेर र ब्यानर अनावरण गरी शुरु भएको कार्यक्रममा नेपालको राष्ट्रिय गान र मगर गानका साथै प्रथम शहिद लखन थापा मगर र अन्य ज्ञात अज्ञात शहिदहरु प्रती एक मिनेट मौनधारण गरिएको थियोे भने कार्यक्रममा उपस्थिति हुनु भएका सम्पूर्णलाई कोषका उपाध्यक्ष केशब घर्ती मगरले स्वागत गर्नु भएको थियो भने कार्यक्रम सचीव बिजय मगरले सञ्चालन गरेका थिए ।
उपस्तिथि अतिथिहरु वक्रा एरिया समितिका अध्यक्ष श्याम पुलामि मगर मगर संघ कतारका प्रथम उपाध्यक्ष शेर बहादुर रोका मगर सल्लाहकार सदस्य देब बहादुर राना मगर, बचत कोषका निबर्तमान अध्यक्ष लिलम्बर चिदी मगरले चौथो साधरण भेलालाई सफलता शुभकामना दिए ।
प्रमुख अतिथि नेपाल मगर संघ, शाखा कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरले बचत कोषको खोल्नुको उद्देश्य, बचत कोष स्थापना भए देखि हाल सम्मको जानकारी गराउनु भयो । सन् २०११ देखि ७ जना सदस्यहरु बाट सञ्चालन भएको र वचत कोषले सामुहिक लगानीमा निकट भविष्यमा सामुहिक लगानी गर्ने तैयारी रहेको जानकारी दिनु भयो । बचत कोषले आजको दिन सम्म आई पुग्नमा सहयोग गर्नु हुने वचत सदस्यहरुलाई धन्यवाद दिनु भयो । अव बन्ने नयाँ कार्यसमितिलाई अग्रिम बधाई दिनु भएको थियो ।
अन्तमा, कार्यक्रमका सभापति केशव राना मगरले बचत कोषको चांथो साधारण सभा सफल पार्ने सम्पुर्ण सहयोगी र उपस्तिथ हुनु भएका प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु, बचतकर्ताहरु, कलाकार र अन्य उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै तेस्रो कार्यसमिति विघटन भएको घोषणा गर्दै खुल्ला सत्रलाई समापन गर्नु भयो भयो ।
कार्यक्रम समापन गर्नु भयो । बन्द शत्रका कार्यक्रम शेर ब. रोका मगरको सञ्चालनमा, देब बहादुर राना मगर संयोजकत्वमा गठित निर्वाचन समिति मण्डलका सदस्यहरु डि. एन. मगर, लिलम्बर चिदी मगर सदस्य रहेका थिए ।
बन्द सत्रमा तेस्रो कार्यसमितिका सांगठनिक प्रतिबेदन कोषका निवर्तमान सचीव बिजय मगरले प्रस्तुत गरेका थिए भने आर्थिक संगठन निवर्तमान कोषाध्यक्ष अभिमत पुनले प्रस्तुत गर्नु भएको थियो । उक्त प्रतिवेदनहरुमा ब्यापक छलफलको साथमा सर्वसहमतले पारित गरी अनुमोदनका लागि केन्द्रिय समितिमा पेश गरिने भएको छ ।
बचत कोषको निर्देशिका २०११(प्रस्तावित २०१७) लाई निर्देशिका संसोधन समितिका संयोजक विवेक पुलामी मगरले प्रस्तुत गर्नु भएको थियो । उक्त निर्देशिकालाई पनि आवश्यक संशोधनका साथमा सर्वसहमतवाट पारित भएको थियो ।
नेपाल मगर संघ,शाखा कतारको बिधान दफा २४ (ग) अनुसार यस कोषका अध्यक्ष केन्द्रिय समितिका कोषाध्यक्ष पदेन अध्यक्ष रहने प्रावधान रहेकोले कोषको नयाँ कार्यसमितिमा अध्यक्ष पदमा वाहेक अन्य पदहरुमा निर्विरोध निर्वाचित भएका थिए ।
नयाँ कार्यसमितिमा उपाध्यक्ष केशब घर्ती मगर (रुपेन्देही ), सचीव ध्रुव थापा मगर (पाल्पा ), कोषाध्यक्ष विवेक पुलामी मगर (काठमाडौ ), सह कोषाध्यक्ष अशोक आले मगर (धादिङ ) र सदस्यहरु श्याम पुलामी मगर (मोरङ ), जनक (जानू)कुमारी थापा मगर (गोर्खा) निर्वाचित भएका थिए ।
नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक देब बहादुर राना मगरले कोषको निर्देशिका बमोजिम शपथ ग्रहण गराउनु भएको थियो भने नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर ले खादा ओढाएर स्वागत गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend