साझा नेटवर्क
मोहम्मद अजिज अलि, दोहा ।
नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति कतारले इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको अवसर पारेर १६ जुन शुक्रबार बृहत इफ्तार कार्यक्रम सम्पन्न गरेको छ । इस्लामिक धर्म गुरु मौलाना बाट कुरान पाठ गरि उद्घाटन गरिएको उक्त कार्यक्रम राष्ट्रिय गान संगै औपचारिकता दिइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जनसम्पर्क समिति कतारका प्रमुख सल्लाहकार बिमल सुवेदीले जनसम्पर्क समिति कतारले आयोजना गरेको बृहत इफ्तार कार्यक्रमका आयोजकलाइ धन्यबाद र शुभकामना दिदै यस्ता कार्यक्रमले नेपालका विभिन्न धर्म र समुदायहरुको बीच रहेको भाइचाराको सम्बन्धलाइ थप मजबुद बनाई नेपालीहरुको धार्मिक सहिष्णुता सहितको उदहारणीय सम्बन्धको संदेश प्रवाह हुने बताउदै जनसम्पर्क समितिले हरेक बर्ष मनाउदै आइरहेको बताए जनसम्पर्क समितिका निवर्तमान सभापति समेत रहेका सुवेदीले कार्यक्रम सफल गराउन उपस्थित सबैलाई धन्यबाद व्यक्त गरेका थिए ।
इस्लामिक क्यालेन्डरको नवौ महिनालाइ रमजानको पवित्र महिना भनिन्छ र सो महिना भरि मुस्लिम समुदायले बिहान सुर्योदय देखि बेलुका सुर्यास्त सम्म निराहार बर्त बस्ने गर्दछन । कार्यक्रममा मुस्लिम धर्म गुरु मौलानाहरुले रमजानको बारेमा प्रवचन दिएका थिए रोजेदार (बर्तालु) हरुलाई विभिन्न परिकार सहित इफ्तार (रोजा / बर्त खोल्नु) गराइएको थियो ।
कतारमा रहेका अधिकाम्स मुस्लिम समाजहरु लगायत बैचारिक सामाजिक संघसंस्था र पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो । समितिका कार्यवाहक सभापति शंकर न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको संचालन महामन्त्री अजिज अलिले गरेका थिए । जनसम्पर्क समितिले हरेक बर्ष इफ्तार कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । साथै नेपालका सबै धर्म समुदायको अन्य चाड पर्वहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गरेको महामन्त्रीलेले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।
कार्यक्रमका बिशेष अतिथि जनसम्पर्क समितिका बिधान मस्यौदा समिति संयोजक एवं कांग्रेस १३ औ महाधिवेशन प्रतिनिधि क्रान्ति सिंह निवर्तमान महामन्त्री एवं १३ औ महाधिवेशन प्रतिनिधि धिरज चामलिंग राई, मौलाना मोहम्मद, प्रवासी नेपाली मंचका सचिव मुनाफ मिया , जनप्रगतिसिल मंचका कावा अध्यक्ष रकमध्वज राई , राजापा कतारका अध्यक्ष हुसैन खान, नया शक्ति नेपालका संयोजक बीबी खरेल, संघिय लिम्बुवान कि उपाध्यक्ष रेखा राई जनसम्पर्क समिति सल्लाहकार मो शाकिर अलि, मुस्लिम समाजका अध्यक्ष इन्जिनियर अयुब हक, एनआरएनए आइसीसी सदस्य बिनोद भट्टराइ, एनसिसि महासचिव नन्द गर्बुजा महिला समाज कतार कि अध्यक्ष सुस्मिता भुषाल मुस्लिम बुद्दिजीवी समाजसेवी व्यवसायीहरु रहेका थिए ।
त्यसै गरि जिल्ला स्तरीय संघसंस्थाहरु, मुस्लिम समाजहरु, लगायतको बाक्लो उपस्थिति रहेको थियो । अन्तमा मौलानाको दुवा फातिया संगै इफतार (रोजा) खोलिएको थियो भने कार्यक्रमका सभापतिले सबैलाई धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।




© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend