साझा नेटवर्क
टोपलाल अर्याल ,गुल्मीअसार ५ ।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले चुनाव जित्न बिचार र विकास चाहिने बताएका छन् । अरु बेला कानमा तेल हालेर बस्ने तर चुनावका बेला जित्न अनेक हत्कण्डा अपनाउने प्रतिपक्षहरुलाई बिचारले मतदाता रिझाएर विकास गरेर देखाउन बिष्टले चुनौति दिए ।
चुनावी अभियानका लागि जिल्ला आएका उनले अम्मरपुरको चुनावी सभालाई संबोधन गर्दै प्रतिपक्षलाई मतदाता धम्काउने र प्रलोभन देखाउने काम बन्द गर्न आग्रह गरे ।‘पार्टी गुण्डागर्दीले नभएर बिचारले चल्छ,’उनले भने,‘ एमाले स्वच्छ प्रतिस्प्रर्धा गर्न चाहेको छ ।’ उनले देश अब निर्वाचनमय बनेकाले उत्साहका साथ मतदानको दिन कुर्नुको विकल्प नरहेको बताए ।
‘अब कुनै तागतले पनि निर्वाचनलाई रोक्न सक्तैन्,’ उनले भने,‘नेताहरु र कार्यक्रर्ता दुवै चुनाव सफल बनाउन जुट्नुपर्ने छ ।’ आफुको लामो समयको मेहेनत र गुल्मेली जनताको साथले थुप्रै विकास निर्माणका काम भैरहेकाले अत्तालिएर अरु पार्टी अफावामै सिमित भएको बिष्टले प्रतिक्रिया दिए । उनले सरकार र सत्तापक्षले आफुलाई पायक पर्ने स्थानमा गरेका चुनावमा पनि एमाले पहिलो पार्टी भएकाले अबका जीत अझ सजिला भएको बताए ।
तालमेलले पार्टी सकिएको जानेर पनि एमालेको जनलहर बिरुद्ध प्रतिपक्षहरुले गुटबन्धि गरिरहेको प्रसंगलाई कोट्याउादै बिष्टले जति पार्टी मिले पनि एमाले नडराउने बताए । ‘जो जससंग मिलेपनि डराउने होइन, चुनाव हो डटेर सामाना गरौ,’ उनले भने,‘ बरु उनीहरुको गलत हतकण्डाबाट मत सुरक्षित गरौ ।
’ पुर्व मन्त्री समेत रहेका बिष्ट स्थानीय चुनावलाई मध्येनजर गर्दै करिव दुई साताको लागि जिल्ला आएका छन् । उनले जिल्लाका विभिन्न नगर तथा गाउँपालिका र वडाहरुका कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend