साझा नेटवर्क
काठमाडौं, असार ५ ।
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिसेस मंगोल नेपाल २०१७” को प्रि- जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । मिसेस मंगोल नेपाल २०१७” को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका १६ प्रतिस्पर्धिहरुले आ-आफ्नो ट्यालेन्ट प्रस्तुत गरेका छन ।
विवाहित मंगोल महिलाहरुले प्रि- जज राउण्ड शोमा नृत्य, गायन, कुक, अभिनय तथा कबिता बाचन गरेका थिए । यस् “मिसेस मंगोल नेपाल २०१७” सौन्दर्य प्रतियोगिताको फिनाले भने असाढ ०८ गते बिहिबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ । यसका साथ साथै आयोजकले प्रतियोगीहरुको अनलाईन भोटिङ पनि सुरुगरेको छ ।
बिबाहित नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरु तथा अबसरबाट बन्चित महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal मा गई आफुलाई मन पर्ने प्रतियोगीलाई पब्लिक चईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले साझा नेटवर्क बताएका छन ।
गोल नेपाल २०१७” सौन्दर्य प्रतियोगितामा सरिता राई, सुनिता राना मगर, सेन्सी राई, शुभद्रा श्रेष्ठ, चादनी श्रेष्ठ, बर्षा राई खड्गी, लक्ष्मी शाही, स्मृति बज्रचार्य, शितल पुन, रन्जना राना मगर, राधिका श्रेष्ठ, मेलिना मोक्तान, सरस्वती लामा, सिमा श्रेष्ठ, सम्झना राई र सरु श्रेष्ठले प्रतिस्प्रधा गर्दै छन् ।
उक्त प्रतियोगिताको बिजेताले बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन । यस् प्रतियोगितामा मोडेल हिमानी सुब्बाले कोरियोग्राफी गरेकी छिन् ।









© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend