साझा नेटवर्क
दिल कुमार श्रेष्ठ, दोहा।
नेपाली महिला समाज कतारले कतारमा स्थापित संघसस्थाहरुसँग सहकार्य गर्दै रमाइलो तिज कार्यक्रम २०१७ को अयोजना गर्दै छ । नितान्त रमाइलो सांगीतिक कार्यक्रम सहित शुभकामना आदानप्रदान कार्यक्रमका लागी दोहाका बिभिन्न संघसस्थाहरुले सहकार्य जनाई सकेका छन् ।
भने कोहि आउने क्रम जारी छ । सहयोगी सस्थाको रुपमा सहकार्य कतारी रियल ५०० भुक्तान गर्नु पर्ने छन् ।आगामी २५ अगस्त २०१७ मा हुने यो मनोरञ्जनात्मक मात्र नभएर कार्यक्रमलाई मुलुक कै बिपन्न अवस्थामा रहेका चेपाङ जातिका बालबालिकाहरुको सहयोग गर्ने कल्याणकारी लक्ष समेत रहेको छ । कार्यक्रमका लागी नेपालका चर्चित कलाकारहरु सन्ध्य बुढा, अमृता लिम्बु, चन्दा अर्याल,प्रमिला श्री खनाल कतारमा आउने भएका छन् । आफ्ना जादुमयी अवाजले कतारमा नेपालीहरुको ढुकढुकीलाई संगीतको स्पर्श गराउदै आफ्ना चर्चित गीतहरु आफ्ना दर्शक माझ पस्कने छन् ।
साथै उनिसंगै सांगीतिक कार्यक्रमलाई थप रमाइलो गराउनको लागी स्थानीय कलाकारहरु समेत बेजोड प्रस्तुति रहने छ । नेपालीहरु परिश्रमी, मायालु र दयालु मात्र नभई आफ्ना सस्कृति र परम्पराका पारखी हुन् । हप्ता, महिना सम्म आफुहरुले गरेको परिश्रमलाई भुलेर आफ्ना सस्कृतिको नाममा विभिन्न संघसस्थाहरुले गर्ने गरेका कार्यक्रममा सहभागी भएर रमाउने गर्दछन् l कतारका जुन सुकै सस्थाले जस्तो सुकै कार्ययोजना बनाएर अगाडी बढे पनि सांगीतिक कार्यक्रमलाई छुटाएका हुदैनन् । यो कार्यक्रमले कतारमा रहेका सम्पूर्ण दाजुभाई तथा दिदिबहिनिहरुलाई समेत समेट्ने आसा गरेको छ । नेपाली महिला समाजसंग कतारका सामाजिक सस्थाहरुले समेत सहकार्य गरेका छन् । त्यसैले यसकार्यक्रममा कतारका बढी भन्दा बढी स्थापित संघसस्थाहरुले सहकार्य गराउने उदेश्य राखिएको छ ।
विगतमा महिला समाज लगाएत अन्य संघ संस्थाहरुले आ–आफ्नै तरिकाले छुट्टा छुट्टै मनाउने गरेको तीज कार्यक्रम यसपटक भने विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा एतिहासिक र भव्य हुने छ । दोहाकै एक नामिक होटेलमा हुने उक्त कार्यक्रमलाई सफल बनाउन सहभागी संघसंस्था र सहयोगी सबैलाई उचित सम्मान प्रदान गरिने जानकारी सहित नेपाली महिला समाज कतारले सहयोगको लागि सबैमा हार्दिक अपिल गरेको छ ।हालसम्मको सहयोगी सस्थाको रुपमा सहकार्य गर्ने संघसस्थाहरुको नामावली यस प्रकार छन् ।
नेपाली महिला समाज कतार, नेपाली जन सम्पर्क समिति कतार, प्रवासी नेपाली मन्च कतार, तराई मधेश प्रवासी मन्च, अन्तराष्ट्रिय नेपाली समाज कतार, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतार, नेपाल पत्रकार महासंघ कतार शाखा, मोरङ्सुनसरी सेवा समाज कतार, गोरखा सेवा समाज कतार, सुदूरपश्चिममा सेवा समाज कतार, बसन्त-फिल्मस्- प्रा-लि, नेपाली मुस्लीम समाज कतार, थारु कल्याणकारी सेवा समाज कतार, स्याङ्जा सहयोग समाज कतार, संखुवासभा सेवा समाज कतार, किरात याक्थुङ चुम्लुङ सेवा समाज कतार, संघीय लिम्बुवान संघ कतार, समाज सेवा अभियान रुपन्देही कतार, भोजपुर सेवा समाज कतार, लमजुङ सेवा समाज कतार, उदयपुर प्रवासी सेवा समाज कतार, चितवन युवा समूह कतार, पाल्पाली सेवा समाज कतार, काभ्रे सम्पर्क समिति कतार, रोल्पा जलजला सेवा समाज कतार, प्यूठान सेवा समाज कतार, विश्वकर्मा सेवा समाज कतार, तनहुँ सेवा समाज कतार म्याग्दी मोना कतार, नेपाली कला केन्द्र कतार, दोलखा सेवा समाज कतार र इलाम सेवा समाज कतार रहेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend