logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका १२ वटै स्थानिय तहमा बाजागाजा सहित मनोनयन दर्ता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी असार ४ ।
दोस्रो चरणमा असार १४ गते हुने स्थानिय निर्वाचनको लागी आइतवार बिहानै देखि गुल्मीमा बिभिन्न पार्टीका उम्मेदवारहरु उत्साहपूर्वक मनोनयन गरेका छन् । जिल्लामा रहेका २ नगर सहित १० गाउँपालिकाको लागी उम्मेदवारहरुले मनोनयनका लागी निर्वाचन कार्यालयमा पुगेका थिए ।जिल्लामा रहेका १२ वटै स्थानिय तहमा शान्तिपुर्ण रुपमा मनोनयन दर्ता भइरहेको मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले जानकारी दिए । शान्तिपूर्ण उत्साह पुर्ण वातावरणमा मनोनय दर्ता भएको मरासिनीले जानकारी दिए । मनोनयन दर्ताका लागी जिल्लामा ठुला तिन दललले सुरुमा साना लदलाई समय दिएका थिए । मनोनय दर्ताका लागी दलहरुले शक्ती प्रर्दशन सहित निर्वाचन कार्यालय पुग्ने गरेका थिए । नगरका बिभिन्न ठाउामा पुगी निर्वाचन कार्यालय पुग्ने गरेका थिए । जिल्लामा सुरुमा साना दलहरुलाई दिइएको छ भने त्यस पछी एमाले, माओवादी कांग्रेसलाई मनोनउन दर्ताको लागी समय बाडीएको थियो । जिल्लामा कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाा शक्ति, क्रान्तिकारी माओवादी लगायतका दललले प्रमुख सहित मनोनयन दर्ता गरेका छन् । केहि साना दलहरुले वडाहरुमा अध्यक्ष सहित मनोनय दर्ता गरेको छन् ।प्रमुख तिन ठुला दलले जिल्लामा रहेका १२ वटा स्थानिय तह सहित ९३ वटा वडामा अध्यक्ष सहितका उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । जिल्लामा रहेका पााच स्थानिय तहमा कांग्रेस माओवादीकेन्द्र बिच चुनावी तालमेल भएको छ । जिल्लाका रुरु गाउापालिका, कालिगण्डकी गाउँपालिका, सत्यवती गाउँ पालिका, धुर्कोट गाउापालिका, छत्रकोट गाउँपालिकामा कांग्रेस माओवादी बिच तालमेल गरेर उम्मेदवा।र चयन गरेका छन् ।

एमालले भने एउटा गाउापालिकामा मात्र जनमोर्चा संग तालमेल गरेको छ । जिल्लामा रहेको कालिगण्डकी गाउँपालिकामा एमाले र जनमोर्चा बिच तालमेल भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend