logo
  • शुक्रबार, असोज ९ २०८३

एमाले दोहलीका उम्मेदवार र एजेण्डा सामाजिक विकासमा विशेष जोड


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी असार २ ।
नेकपा एमाले इस्मा गाउँपालिका ४ दोहलीका सवै उमेदवारको टुङ्गो लागेको छ । वडा अध्यक्ष गनु प्रसाद अधिकारी सहित पाच जनाको नाम मनोनयनका लागि तयार गरिएको छ । वडा अध्यक्ष सहित अरु चार जनाको नाम पहिलेदेखि नै चर्चामा आएपनि एक जना सदस्य चयन गर्न बााकी रहेको वडा कमिटी अध्यक्ष बिष्णु सुनारले बताए ।

वडाध्याक्षमा अधिकारी सहित सदस्यहरुमा कमला सुनार, मिना घर्ति, भोलासिंह थापा र भिमकान्त खनाल रहेका छन् । सवै सदस्यहरुलाई वडाको भुगोलका आधारमा सदस्यता प्रदान गरिएको वडाध्याक्षका उमेद्वार गनु प्रसाद अधिकारीले बताए । जिल्लामै इस्मा गाउापालिका र त्यो मध्येको वडा ४ लाई जिल्ला देखि केन्द्रसम्म बिशेष रुपमा हेरिएको छ । नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टको जन्मथलो भएकाले पनि यो वडाको चुनावसंग प्रतिष्ठा पनि जोडिएको छ ।

भुगोलका आधारमा सदस्यता वितरण, उत्कृष्ट जनमत, जनप्रिय एजेण्डा, स्वच्छ छवि भएका उमेदवार, एमालेले अहिलेसम्म वडामा देखाएको विकास र सक्रियताका कारण पनि चुनाव सजिलै जित्न सकिनेमा सवै उमेद्वार विश्वस्त छन् । गाउ र बस्तीहरुको भविष्य निर्माणका लागि वडाकिटमीले केहि चुनावी एजेण्डाहरु पनि मतदाता माझ सार्वजनिक गरेको छ ।

सामाजिक विकास

अरु धेरै पुर्वाधार विकास संगै महत्वपुर्ण पाटो सामाजिक विकास पनि हो । समुदायकै विकासका लागि टोल सुधार समिति गठन गर्ने, विभिन्न क्वल तथा समुहहरुलाई सामाजिक जिम्मेवारी प्रदान गरि थप क्रियाशिल बनाउने । साथै उनीहरु मार्फत नै मदिरा मुक्त समाजको विकास गर्दै लैजाने । लक्षित समुदाय अन्तरगतका महिला, बालबालिका, दलित तथा जनजातिहरुका लागि आयआर्जन मुलक कार्यक्रम संचालन गरि शसक्तिकरण गरिने छ ।

निस्कृय अवस्थामा वडाभित्र रहेका सम्पुर्ण क्लव संघसंस्थाहरुको गठन तथा पुनर्गठन गर्ने, वडामा रहेका सवै बिषयगत कार्यालयको सेवा प्रवाहलाई थप चुस्तदुरुस्त राख्ने, वडा भित्र रहेका सवै समिति तथा संघ संस्थालाई जवाफदेहिता पारदर्शी बनाउने साथै नियमसंगत नभएकाहरुलाई खारेज गर्ने । वडा कार्यालयको थप भौतिक व्यावस्थापन, प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई, समाजिक तथा सार्वजनिक परिक्षण गर्ने परिपार्टीको विकास गरिने छ ।

शिक्षा तथा संचार

कम दरबन्दी भई निजि स्रोतबाट संचालन भएका बिद्यालयहरुलाई अनुदानको व्यवस्था गर्ने, गुणस्तरिय तथा प्रविधियुक्त शिक्षा, बिद्यालयहरुको भौतिक सुधार तथा व्यावस्थापन, रामराज्य माविलाई अङग्रेजी माध्यममा रुपान्तरण गर्दै लैजाने साथै प्राविधिक एवं व्यावसायीक शिक्षालाई जोड दिइनेछ । साथै नैतिक शिक्षालाई समेत जोड दिदै सुचनाकेन्द्रहरुको स्थापना गरिने छ ।

स्वास्थ्य तथा खेलकुद

स्वास्थ्यचौकीको थप व्यावस्थापन तथा गाउाघर क्लिनीक संचालन गरि जनताको घरदैलोमै स्वास्थ्यको पहुाच स्थापित गर्ने । साथै प्रत्येक ६/६ महिनामा बिशेषज्ञ डाक्टर सहितको निशुल्क स्वास्थ्य शिविरको व्यावस्था र मानिसको स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा लागु गरिने छ ।

एवं किसानहरुलाई पशु विमा प्रति उत्प्रेरित गर्ने, वडाका प्रत्येक टोलका युवाहरुलाई लक्षित गरेर खेलकुद मैदान निर्माण गरिने छ । क्लव, समुह तथा अन्य संघसंस्थाहरुको समन्वयमा अन्य सृजनात्मक एवं रचनात्मक कार्यक्रमहरु संचालन गरिने बताइएको छ ।

यातयात, खानेपानी तथा सरसफाई

वडाका प्रत्येक गाउा टोलमा सडक संजाल पुर्‍याउने । भएका सडकहरुलाई स्तरउन्नती गर्दै लैजाने । साथै आफ्नो गाउा आफै बनाउने अवधारणा अनुसार सामान्य घोडेटा बाटाहरु जनश्रमदानमै निर्माण गर्ने परिपार्टीको विकास गर्ने, पााच बर्ष भित्रमा प्रत्येक घर र टोलहरुमा स्वच्छ खानेपानीको व्यावस्था गर्ने साथै स्थानीय पधेरा तथा कुवाहरुको संरक्षण र सम्र्बद्धन गर्ने । खुल्ला दिसामुक्त क्षेत्र अभियानलाई कडाईका पालना गर्ने ।

पर्यटन तथा वन बातवरण

छिमेकी वडाहरुको समन्वयमा ऐतिहासिक, धार्मिक तथा पुरात्वातिक स्थल इस्माकोटको संरक्षण गरि पर्यटकीय स्थलको रुपमा विकास गर्ने, देउराली तथा अर्जङकोटमा पिक्नीक स्र्पोट तथा बाल उद्यान निर्माण गर्ने, चैयाा, खग्रेटा, कोटकोटेरी, कुविन्दे लगायतका विभिन्न स्थानहरुमा सवैलाई पायक पर्ने गरि प्रतिक्षालयहरुको निर्माण गर्ने, वडा भित्र रहेका सवै देविदेवताका मन्दिरहरुको संरक्षण, पञ्चेवाजा, भैलो, ख्याली वाली जस्ता मौलिक सामाजिक संस्कृतीहरुको संरक्षण गरिने छ ।

वडामा रहेका सवै वन क्षेत्रहरुको अतिक्रमणलाई रोक्ने, विकास निर्माण गर्दा वन वातवरणलाई बिशेष ख्याल गर्ने तथा उजाड र नाङ्गा डाडाहरुमा अम्रिसो खेती बिस्तार गरिने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend