साझा नेटवर्क
बिमल खड्का, बाग्लुङ असार २।
बागलुङको अधिकारीचौरमा कृर्षिमा आधारीत क्षमता बिकास गोष्ठि तथा सहयोग सम्बन्धि दुई दिने कार्यक्रमको उद्धघाटन सम्पन्न गरीएको छ । सत्कर्म नेपाल, आमा मिलन केन्द्र, महिला मानब अधिकार रक्षक सञ्जाल बाग्लुङको सँयुत आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
निर्वाचन क्षेत्र बिकास कोष क्षेत्र नँ ३ जिससको सहयोगमा सञ्चालीत कार्यक्रमका अबसरमा ढोरपाटन नगरपालीका वडा नँ ५ अधिकारीचौरका ४५ जना स्थानीय कृषक , आमा समुह, लगाएतको सहभागिता रहेको हो । नाथुरी ताजा तरकारी उत्पादन कृषक समुहका अध्यक्ष यमलाल कँडेलको अध्यक्षता रहेको कार्यक्रममा माननीय साम्सद ज्ञानकुमारी छन्तयालको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा सभासद सल्लाहाकार, सागर छन्त्याल, सत्कर्म नेपालका निर्देशक तथा मानव अधिकारबादि नेता, सिताराम थापा, आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगर, दिलमाया पौवि , रत्ना शेरचन, पत्रकार डम्बर बुढा लगाएतको आतिथ्यता रहेको कार्यक्रमका अबसरमा स्थानीय २५ जना कृषकहरुलाई कृर्षिमा प्रयोग हुने उन्नत बिउबिजन र तरकारि खेतिकाे लागप टनेलहरु बितरण गरीएको छ ।
कार्यक्रममा प्रमुख अतिथी साम्सद छन्त्यालले बोल्दै आफुले ग्रामिण क्षेत्रको बिकास र समाज रुपान्तरण मुलक अभियानमा सक्रिय रुपले सहयोग गरीरहेको बताउँदै सञ्चालीत कार्यक्रमबाट सिकेका ज्ञान र प्राप्त उपलब्धिलाई सँस्थागत गर्दे अगाडि बढ्न आग्रह गर्नुभयो ।
मानव अधिकारकर्मि सिताराम थापाले महिलाहरुर कृषकहरुकाे अार्थिक अधिकार प्राप्तमा टेवा पुर्याउन याेलतालिम र प्रत्यक्ष सहयाेग शुरु गरियकाे बताए । कार्यक्रममा तीन वटा जिल्लाकृषि बिकास कार्यलयमां दर्ता भयका केषक समुहका महिला पुरुषहरुकाे सहभागिता थिए।
त्यस्ता अाधुनिक कृर्षि पेशा, पद्धति, महिलाहरुको कृर्षिप्रतिको मोह र भुमिका, उन्नत तरकारि खेति र बेमाैसमि तरकारिखेति, समाजमा महिला अधिकार र अार्थिक अधिकार तथा दायित्व लगाएतका बिषयबस्तुमाथि प्रशिक्षक सिताम थापाकाे नेतृत्वमा प्रशिक्षण समेत दिईएको थियो ।
आमा मिलन केन्द्रका अध्यक्ष ज्ञानु थापा मगरकाे स्वागत , नवजागरण कृषक समुहका अध्यक्ष चेतलाल बिक, पत्रकार डम्बर बुढा, महादिबेशन प्रतिनीधि सागर छन्त्याल,रत्ना शेरचन लगाएतको मन्तब्य रहेको थियो । कार्यक्रम दिलमाया पौविले सञ्चालन गर्नुभएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend