logo
  • शुक्रबार, असोज ९ २०८३

पन्चेबाजा “अब त आटम भो सानु” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटवल, असार १ ।
रोइला गीतमा निकैनै अब्बल मानिएका गायक तथा सर्जक पुरुषोत्तम गैरेले पछिल्लो समयमा एकपछि अर्को गर्दै गीतहरु बजारमा सार्बजनिक गरेका छन । बिहेको लगन परिरहेको अबस्थामा गायक गैरेले पन्चेबाजा कोशेली “अब त आटम भो सानु” बजारमा सार्बजनिक गरेका छन् ।
निकै नै मार्मिक गीतमा अरु सबैको बिहे भो मेरो बिहे भएन अबत आटम भो सानु भन्ने जस्तो शब्द हरु गीतमा समाबेश गरिएको छ । समाजमा देखिएको दाइजो ले निम्ताएको विकृतिलाई पनि राम्रो झापड दिदै दाइजो नि चाहिदैन माया दिए पुग्छ भन्ने भाब गीतमा भेट्न सकिन्छ ।

गायक गैरेकै लय स्वर छ भने स्वरमा साथ् रहेको छ देवी घर्तीको भने शब्द सरोज बस्यालले कोरेका छन । सुभातारा म्युजिकले बजार ब्यबस्थापन गरेको गीतमा निर्देशन सम्पादन निर्देशक बिष्णु भट्टराईले गरेका छन । छायांकन रामचन्द्र भट्टराईले गरेका छन ।

सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा शिव देव अर्याल, रितिक पोख्रेल, कुलचन्द्र पुरी, दयाराम अर्याल, राजिव केसी, चेतना थापा, गीता छेत्री, सुन्दर अर्याल, कृष्ण घिमिरे लगायतको अभिनय रहेको छ । अविरल फिल्मसको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।


हेरौ गीतको पुरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend