logo
  • शनिबार, असोज १० २०८३

बाग्लुङमा विभिन्न सामुदायीक वनको भेला सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बाग्लुङ असार १।
बाग्लुङको डुडेवाचौर सामुदायीक वन उपभोक्ता समिति वडिगाड गाउँपालिका वडा नं. २ खर्वाङको उपभोक्ता भेला सम्पन्न भएको छ । भेलामा कोषाध्यक्ष मन वहादुर थापाले ११ लाख १० हजार ६२ रुपैयाँ वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भेलाले सो रकमलाई समुहका सदस्यहरुलाई लगानी समेत गरेको छ। भेलामा सल्लाहकार संयोजक नन्दराम खरेल, लेखा समिति सदस्य रत्न वहादुर सापकोटा लगाएतले वोल्नुभएको थियो।

कार्यक्रम उपाध्यक्ष मेघनाथ खरेलको अध्यक्षता तथा सचिव टंक भुजेलको संचालनमा सम्पन्न भएको थियो। सामुदायीक वनले समुदायमा रचनात्मक कार्यक्रमहरु पनि संचालन गर्दै आएको छ।

त्यस्तै पासाङ ल्हामु सामुदायीक वन उपभोक्ता समिति बडिगाड २, खर्वाङको उपभोक्ता भेला डुडेवाचौरमा सम्पन्न भएको छ । भेलामा कोषाध्यक्ष कालिका खरेलले ५ लाख ४२ हजार ८ सय रुपैया वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सो रकमलाई असुलि गरी पुन लगानी गरिएको थियो। भेलाले शेषकान्त मैदान वालविकास केन्द्रलाई ७५ हजार नगद तथा २१ हजार वरावरको काठ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै चण्डीथान प्राविलाई २ हजार ४ सय वरावरको छात्रवृत्ति वितरण गर्ने समेत निर्णय गरेको छ।

त्यस्तै भूसंरक्षण कार्यालय बागलुङमा दरम तथा वडिगाड खोलाको किनारमा तटवन्धको लागी तारजाली माग गर्ने निर्णय गरेको छ। भेला अध्यक्ष माया देवि घिमिरेको अध्यक्षता, सचिव डिप्लोमा खरेलको संचालनमा सम्पन्न भएको थियो ।

खोलाको किनारको वगर क्षेत्रमा रहेको सो सामुदायीक वनलाई महिलाहरुले व्यावस्थापन गर्दै आएका छन्। सानो क्षेत्रवाट पनि वढि लाभ उठाउन सफल भएका महिलाहरुले निरन्तर सामाजिक क्षेत्रमा रकम लगानी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend