साझा नेटवर्क
प्रेम सुनार, गुल्मी असार १।
दलित समुदायबाट गुल्मी जिल्लाको पहिलो र एक मात्र मेयर पदका उमेदवार धर्म बिश्वकर्माको जिवनचक्र :– कुनै समय गुल्मीको सदरमुकाम तम्घासमा मैले डेरा सम्म पाउन सकेको थिएन तर अहिले यसै ठाउँमा र तिनै घरहरुमा भोट माग्न हिडेको छु ’– गुल्मीमा दलित समुदायबाट पहिलो र एक मात्र नगर प्रमुख पदका उमेदवार धर्म बिश्वकर्माले भने–‘हिजो छुवाछुद विभेदकै कारण मैले डेरा पाउन सकेको थिईन आज तिनै घरको भित्र सोफामा वस्न स–सम्मान बोलाईन्छ र चिया पिउँदै आफ्ना कुरा राख्न पाएको छु ।’
बढि मात्रमा सदरमुकाम तम्घास कट्टर वाम्हण समुदाय बस्ने स्थान हो , माओवादी केन्द्रको तर्फबाट मेयर पदका उमेदवार बिश्वकर्र्मा यति वेलाको चुनावी प्रचारमा हिडि रहँदा हिजोका तिनै कट्टर व्राम्हण समुदाय नै अहिले छृुवाछुद अन्त्यको अगुवाई गरिरहेको बताउँछन् ।
‘दलित समुदाय भित्रै वरु मैले विभेद पाएँ ’–विश्वकर्माले भने –‘जसले हिजो विभेद गर्दथ्यो उसैमा अहिले कत्ति पनि जातिय विभेदको मानसिकता नभएको देखे ।’ अहिले सदरमुकाम तम्घासका प्रतिष्ठीत व्यवसायीहरुको सुचिमा पर्ने मेयर पदका उमेदवार बिश्वकर्माको विगल भने निकै जातिय विभेद सह्यो र आर्थिक अवस्था पनि निकै कहालि लाग्दो थियो ।
३० वर्ष अघि देखि कम्युनिष्ट आन्दोलमा सक्रिय हुँदै आएका विश्वकर्मा जन्मभुमी अर्घाखाँचीको धारापानी–२ बाट कम्युनिष्ट आन्दोलनको कार्य क्षेत्र तम्घामा खटिएर २७ वर्ष अघि तम्घास आएका थिए । त्यति वेला नेकपा मसालले खटाएर पार्टीका पत्रपत्रिका विक्रि वितरण गर्ने, संगठन विस्तारमा जुट्ने गरेका बिश्वकर्मालाई छाक टार्न मुस्कीले पर्ने देखेर केहि उपाय निकाले । त्यो उपाय थियो कुनै न कुनै पसल ।
उनले तम्घासको पुतली वजारमा एउटा टहरा बनाउने जग्गा भाडामा खोजेर त्यसैमा तरकारी बेच्ने त्यसैमा खाने बस्ने र त्यसैमा पार्टी कार्यालय चलाउन थाले । उनि त्यो कहालि लाग्दो विगतलाई स्मरण गर्दै भन्छन् त्यो जमनामा पञ्चहरु र कांग्रेसको दवदवा रहेको तम्घासमा कम्युनिष्ट भएर टिक्न निकै कठिन थियो तर पनि संघर्ष गरियो , टिकियो , यहि समाजमा भिजियो र आज मेयर पद सम्मको भोट माग्ने अवस्र पनि पाईयो ।
गुल्मीका २ नगर पालिका र १० गाउँपालिका मध्ये उप प्रमुख पदमा समेत कुनै पनि राजनैतिक दलले कुनै पनि पालिकामा उमेदवार नदिई रहेको अवस्थामा बिश्वकर्मालाई माओवादी केन्द्रले हारुन् वा जितुन मेयर पदको उमेदवार बनाएर ईतिहाँस कोर्ने एउटा अवसर भने दिएको छ ।
२०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई वाल्यपन देखि नै राजनीतिमा लागेका उनि २०४५ सालमा अखिल छैठौंको अर्घाखाँची जिल्ला सचिव बनेका थिए । २०४८ सालमा संयुक्त जनमोर्चा गुल्मीको जिल्ला सदस्य र एकता केन्द्र मसालको पार्टी सदस्यता लिएका बिश्वकर्मा २०५२ साल देखि माओवादी जनयुद्धमा आवद्ध हुन पुगेका थिए ।
त्यस क्रममा २०५८ सालमा तत्कालिन शाही सेनाबाट पक्राउ परी तम्घासको ब्यारेकमा कठोर याताना भोगेका उनलाई परिवार र आफन्तजनले जिवित फर्केर आउलन भनेर कल्पना गर्न नसकी रुवावासी गर्ने गर्दथे । कैयौं दिन सम्म परिवारजन संग अत्तो न पत्तो भएका उनलाई जिवित छैनन भनेर परिवारजनले शव सम्म पाए पनि धन्य हुन्थ्यो भन्ने कामना गर्न विवस भएका थिए ।
मरे होलान् भनिएका व्यक्ति जे होस बाँचेर त आए । तर फेरी उनि माथी दैविक आक्रमण सुरु भयो । परिवारका सदस्य कहिले दुर्घटनामा परे, कहिले आकस्मीक विमारबाट एक मात्र छोराको मृत्यु लगायतका दैविक आक्रमणले उनलाई आर्थिक रुपमा बेस्सरी थला पा¥यो । तर पनि उनले हरेस खाएनन् ।
उनले ऋण काढेर सुन चाँदीका गहनाहरुको फुल बुट्टा काट्ने डाई कटिङ्ग व्यवसाय यस जिल्लामै पहिलो पटक सञ्चालनमा ल्याए । सदरमुकाम तम्घास देखि जिल्ला भर र छिमिकी जिल्लाअरुवाट समेत सुन चाँदी व्यवसायीहरु ओईरिन थाले पछि उनले नसोचेकै सपना त्यस व्यवसायले दियो । अहिले उनि यसै सदरमुकाम तम्घासमा सिसै सिसाले सजाईएको तिन तले महलका मालिक बनेका छन ।
उनको ति कहालि लाग्दा दिन देखिका नजिकका मित्र तथा सुन चाँदी व्यवसायी संंघ गुल्मीका अध्यक्ष वालकृष्ण बराल भन्छन–‘ धर्म जि भाग्यका होईन पौरखका धनी , संघर्षका सतिसालव्यक्ति हुन । उनले कुनै दिन तरकारीको भारी बोक्थे त्यसैको परिणती हो हो यो ।’
गुल्मीका अन्य गाउँ र नगरपालिकाको तुलनामा रेसुङ्गा नगरपालिकामा माओवादी केन्द्रको संगठन कहि कम्जोर रहेको स्वीकार गरे पनि मेयर पदका उमेदवार पार्टीकै आंकलनले हार्ने कुरा स्वीकार गर्दैनन् ।
हो म मान्छु–‘ हाम्रो संगठन थोरै कम्जोर यो नगरपालिकामा छ तर यहाँका पुरानो पुस्ताबाट सन्तुष्ट छैनन यहाँका सचेत जनता , उनिहरुले युवा पुस्ता खोजेका छन यस अर्थमा पनि पार्टी भन्दा मलाई रोज्नु हुने कुरामा म विश्वस्त छु । ’
उनले अर्को आधार हिजो दलित भने पछि मुस्कीलले वडा सदस्य दिने र प्रमुख जिम्मेवारी दिए दलितले गर्न सक्दैन र हामीलाई टेर्दैन पनि भन्ने हिजोको मानसिकता तोड्न पनि यहाँको दलित र अन्य उत्पीडित समुदायले भोट दिने छन् र जित्ने छु भन्ने रहेको छ ।
उनि रेसुङ्गा वहुमुखी क्याम्सका सञ्चालक समिति कोषाध्यक्ष, रेसुङ्गा अस्पतालका सञ्चालक हुँदै विभिन्न संघ–संस्थामा आवद्ध छन् । विपक्षी राजनैतिक दलका समकक्षी नेताहरु विचमा समेत विकासमा राजनीति होईन सहकाय गर्नु पर्छ भन्ने मान्यता राख्ने युवा नेताका रुपमा चर्चा पाउने गरेका बिश्वकमौ विकास प्रेमी मानिन्छन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य र दलित मुक्तिमोर्चा गुल्मीका अध्यक्ष रहेका विश्वकर्मालाई ढोरपाटका मेयर देवकुमार नेपाली संग दाँजेर चर्चा गर्न थालिएको छ । दलित समुदायबाट मेयर पदमा ढोरपाटन नगरपालिकामा उमेदवार घोषणा गर्दा देखि र मत परिणाम नआउञ्जेल सम्म प्र्रतिष्पर्धी नेपाली कांग्रेसले, उनले जित्ने कुरा गर्दा गिज्याउँथ्यो नै उनकै पार्टी एमालेले समेत उनले जित्लान भन्ने आँकलन समेत गरेको थिएन ।
त्यस्तै अनपेक्षित मत परिणाम दलित समुदायबट गुल्मीका यि पहिलो र एक मात्र मेयर पदका उमेदवार बिश्वकर्मालाई पनि आउन के वेर ? भन्ने चर्चा यति वेला चलिरहेको छ ।
जिल्लाका ९३ वडा मध्ये यो प्रत्ति तयार गर्ने वेला सम्म जम्मा ६ वटा वडामा एमालले दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छ , माओवादी केन्द्रले ७ (वढ्न सक्ने) र नेपाली कांग्रेसले एक जना पनि दलित समुदायका वडा अध्यक्ष उमेदवार उठाएको छैन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend