साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ असार १।
उद्योग वाणिज्य संघ उपशाखा खर्वाङको आयोजनामा कर शिक्षा कार्यक्रम जिल्ला समन्वय समितिको हल खर्वाङमा सम्पन्न भएको छ। सो कार्यक्रमको उद्घाटन गर्दै वडिगाड गाउँपालिका वडा नं. २ का अध्यक्ष विष्णु प्रसाद भुसालले स्थानिय स्तरमै कर संकलनको व्यावस्था मिलाएर करको दायरा वढाउनु पर्ने वताउनु भएको छ।
कर तिर्न सदरमुकाम जानु पर्दा करजन्य सवै व्यावसाय करको दायरामा आउन नसकेको भन्दै भुसालले स्थानिय स्तरमै त्यो व्यावस्था मिलाउन पहल गर्ने वताउनु भएको छ। करको दर भन्दा पनि दायरा वढाउनुपर्ने अहिलेको आवश्यकता भएको भुसालले औंल्याउनु भएको थियो।
कार्यक्रममा करदाता सेवा कार्यालय बागलुङका कर अधिकृत सुर्य प्रसाद चापागाईले करको आवश्यकता, व्यावसाय दर्ताको प्रक्रिया, व्यावसायको प्रकृतिको वारेमा जानकारी गराउनु भएको थियो । अधिकृत चाँपागाईले छुट पाईने आशमा व्यावसायीले कर नतिर्दा झन् वढि तिर्नुपर्ने झन्झटमा पर्ने गरेको वताउनु भएको थियो ।
कार्यक्रममा व्यावसायीहरुले कर सम्वन्धित विविध गुनासाहरु राखेका थिए भने कर अधिकृत चापागाईले सो गुनासाको जवाफ दिनुभएको थियो। कार्यक्रममा उद्योग वाणिज्य संघ बुर्तिवाङका सदस्य तथा खर्वाङ शाखाका अध्यक्ष खगिश्वर अर्यालले कर शिक्षाले व्यावसायीलाई कर तिर्न प्रेरित गर्ने वताउनु भएको थियो।
कार्यक्रममा स्थानिय व्यावसायी, उपभोक्ता लगाएतको सहभागिता रहेको थियो। कार्यक्रम कर सहयोगी हेमलाल शर्माको संचालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend