logo
  • शनिबार, असोज १० २०८३

बृद्ध भत्ताका नाममा सत्ता ?


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रेम सुनार,गुल्मी असार १।
साँचो अर्थमा सामाजिक सुरक्षा भत्ता नेपालका कुनै राजनैतिक दलले ल्याएको नयाँ भिजन होईन। नेपालमा बृद्ध भत्ताको प्रस्ताव कांग्रेस नेता कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्री हुँदा ल्याएको हो कि होईन रु उनले मसिक सय रुपैयाँ बृद्ध भत्ताको प्रस्ताव ल्याई रहेकै वेला सत्ताबाट बाहिरिनु पर्‍यो ।

त्यस पछि एमाले नेता मनमोहन अधिकारी प्रधानमन्त्री भए पछि त्यसको कार्यन्वन भएको जग जाहेरै छ । तर पनि एमालेका लागि बृद्ध भत्ता नै हरेक पटकको चुनावी मुद्धा बन्ने गरेको काग्रेसजनको आक्रोष रहँदै आएको छ। केहि दिन अघि कांग्ेरसको चुनावी सभामा यहि विषय जोडदार ढंगले उठाईएको थियो । उनिहरुका अनुसार एमालेले मात्रै बृद्ध भत्ता लगागतको सामाजिक सुरक्षा भत्ताको व्याज खान खोजेको छैन।

अर्को कम्युनिष्ट माओवादीले पनि व्याज खान खोजिरहेको छ।उ सरकारमा गए लगत्तै बृद्ध भत्ता दोव्वर बृद्धि गरी दियो । जम्मा ५ सय बाट ह्वात्तै मासिक एक हजार पुराएको र दलित जनजातीलाई ६० वर्ष उमेरमै बृद्ध भत्ता दिने माओवादी सरकोरको निर्णय पछिद्ध फेरी एमाले माओवादीको संयुक्त सरकारका पालमा दोव्वर बृद्धि गरेर मासिक २ हजार पुराईयो। यहि होडवाजी चलि रहने हो भने यो देशमा केहि वर्ष पछि भत्ता बृद्धिको घोषणा गर्ने प्रधानमन्त्रीको भन्दा बृद्धको भत्ता रकम बढि हुने देखिन्छ।

आखिर जसले जे गरे पनि यो राज्यको सम्पत्ती हो। कुनै दलको खाताबाट यो रकम दिईएको होईन । यसैलाई मुख्य चुनावी मुद्धा बनाईनु भनेको अरु केहि गर्न नसक्नु हुन सक्छ कि रु अर्को कुरा बृद्ध भत्ता बुझ्ने एक थरी बृद्ध बृद्धाहरु गरिवहरुलाई ब्याजमा लगाउने गरेका छन र कसैले त्यही बृद्ध भत्ताबाट समाज सेवाका नाममा राजनीति गरिरहेका छन् । उदाहरणका लागि मुसिकोट नगरपालिकाका मेयर पदका उमेदवार कृष्णहरी सापकोटा जस्ता धनाढयहरुले बृद्ध भत्ता समाज सेवाको क्षेत्रमा खर्च गरेका छन् ।

थप अर्को कुरा दलितको नाम लिन वित्तिकै गरिव र विचरो भन्ने मानसिकता छ । तर अर्घाखाँची धारापानीका कमल सुनारका पिता शिद्धिमान सुनारले हरेक महिनाको बृद्ध भत्ता बुझ्दै गरिवहरुलाई व्याजमा लगाउने गरेका छन् । उनलाई के अपुग छ रु छोराहरु सुन चाँदी व्यवसायी । चाँदीको थालमा भुजा ज्युनार गर्न उनलाई पुग्छ । यस्ता दलित महोदयहरु तमाम हुनु हुन्छ । गरिव असाहय र वेसाहराका लागि बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्ता निकै सकरात्मक पक्ष पक्कै हो । तर बृद्ध भत्ताका पनि थुप्रै नकरात्मक पक्ष देखा परेका छन् ।

भत्ताको रकम छोरा बुहारीलाई नदिए बापत कैयौ घरहरुमा कलह र विच्छेद भई रहेको छ । बृद्ध भत्ता दैनिक जाँड रक्सीको सत्ता पनि भई रहेको छ । बृद्ध भत्ता बृद्धि गर्दै लैजाने जुन होडवाजी चलिरहेको छ त्यो राम्रै पनि होला तर करोडपति बृद्धलाई पनि त्यति नै र विहान बेलुकाको गुजारा चलाउन नसक्नेलाई पनि उति नै कति जायज होला रु एक थरी अर्थ सास्त्रीहरु बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्ता दिने कुरा नेपाल जस्तो गरिव देशका लागि ठुलो आर्थिक घाटो हो ,यो कुनै विकास होईन , कतिपय राजनैतिक दलका लागि चुनावी मुद्धा मात्रै हुन सक्ने दावि गर्दछन् ।

एमालेले बृद्ध भत्ताको ब्याज खाई रहैकै बेला माओवादी सरकारमा गए लगत्तै अपाङ्गा भत्ता, एकल महिला भत्ता, सुत्केरी भत्ता ,गरिव तथा विपन्न वालवालिका लागि पोषण भत्ता,ग्रामिण स्वास्थ्य कार्यकर्ताहरुका लागि मासिक भत्ता बृद्धि गरेको त्यस पार्टीले पनि चुनाव ताका त्यसको व्याज खान खोजिरहकै छ । पछिल्लो चरण किशानहरुलाई पनि पेन्सनका नाममा पैसा बाँड्ने प्रस्ताव त्यही माओवादी सरकारले ल्याएको थियो ।यसरी जनतालाई प्रत्यक्ष पैसा बाँड्ने प्रस्ताव ल्याउने राजनैतिक दलहरु देशको विकाश र गरिव जनताको समृद्धि चाहनु भन्दा पनि पैसा बाँडेर चुनाव जित्ने र सधै कुर्चिमा रमाउने खेल खेलिरहेको स्पष्ट हुन्छ ।

अव जनताले आगमी पाँच वर्षमा कुन पार्टीले देश विकासको कुन योजना ल्याएको छ रु त्यसको आधारमा भोट दिनेकी रु राज्यकोषको ढुकीटी र आफ्नै खल्तीको समेत प्रत्यक्ष पैसा बाँड्नेलाई भोट दिने रु यसमा विवेक पुराउने बेला आएको छ । अमेरिका , युरोप जस्तो विकासित मुलुकबाट सुरु भएको सामाजिक सुरक्षा भत्ताको नकरात्मक असरः भत्ताले बसेरै खाना पुगे पछि त्यहाँका मान्छेले कामै गर्न छाडे ,नेपाल जस्ता गरिव मुलुकबाट जनशक्ति मगाउनु पर्ने भयो । म अँस्ती एउटा घरमा पुगे । छोराले पनि भत्ता , वुहारीले पनि भत्ता, आमा र वाउले पनि भत्ता, नेपाली सेनामा मृत्यु भएको उनकी बुहारीको उत्ता पेन्सन यता एकल महिला भत्ता ।

किन काम गर्नु पर्‍यो रु राज्य कोषबाट दोहोरो सुविधा लिई रहेको कुराहरुलाई कसले छानविन गर्ने रु उनैको घर छेवैमा रहेको अर्को घरमा असाध्धै विचल्ली देखें । भत्ता पाउनका लागि न जानी जानी लडेर अपाङ्ग हुन मन लाग्ने न त एकल महिला भत्ता बुझ्नका लागि श्रमनिको हत्या गर्न मन हुने ,बृद्ध भत्ता पाउने उमेर कुर्न अझै २० वर्ष कुर्नु पर्ने रहेछ त्यस घरमा । कोखैको त्यस सम्पन्न परिवारमा भने जनही भत्तै भत्ता । यस्तो अन्याय पुर्ण सामाजिक सुरक्षा भत्ता पक्कै पनि वैज्ञानिक छैन ।

यसमा पुनरविचार गरिनु पर्दछ । जो जसले अब बृद्ध भत्ता लगायतको सामाजिक सुरक्षा भत्तालाई नै मुख्य चुनावी मुद्धा बनाउन खोज्छ भने उसले उसले भत्ताका नाममा सत्ता मात्रै खोजेको छ भन्ने कुरा अवका सचेत जनताले बुझ्नै पर्ने हो कि रु

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend