logo
  • शुक्रबार, असोज ९ २०८३

देशमा राष्ट्रियता जोगाउने र समाप्त पार्ने बिच लडाई छ : नेता बिष्ट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी जेठ ३१।
नेकपा एमालेका केन्द्रिय सचिव गोकर्ण बिष्टले देशमा राष्ट्रियता जोगाउने र समाप्त पार्नेबिच दुई शक्ति बिचको लडाई रहेकाले बताएका छन् ।

स्थानिय निर्वाचनको चुनावी कार्यक्रमको लागी गुल्मीमा रहेका नेता बिष्टले बुधवार बिहान जिल्लाको मुसिकोट नरगपालिकाको वडागाउँ  हलोगाडे भन्ने स्थानमा आयोजित सभामा अहिले देसमा राष्ट्रियता जोगाउने र समाप्त पार्नेबिच दुई शक्ति बिचको लडाई रहेकाले राष्ट्रियताको पक्षमा लडने एमालेलाई जिताउन आग्रह गरे। बिष्टले स्थानीय निकायको चुनावमा आफुहरुको लडाई नेपाली कांग्रेससंग भएको बताए छन् ।

आफुले सजिलै जित्न सक्ने ठाउामा पनि कांग्रेसले अरु पार्टीसंग हार गुहार गरिरहेकाले एमाले बिजय नजिक रहेको बताए। एमाले एक्लै लड्ने हो, जीत हार चुनाव हो,’बिष्टले भने,‘आफुहरुले आश नगरेको स्थानमा समेत कांग्रेसले माओवादीको साथ खोज्नु नै एमालेको जीत हो ।

अब नेपाली जनताको पार्टी एमाले भैसकेकाले जनतालाई एमाले बन्न र समृद्ध नेपाल निर्माण गर्न कुनै शक्तिले रोक्न नसक्ने उनले बताए। लामो समयपछि हुन लागेको स्थानीय तह निर्वाचनमा उत्साहका साथ सहभागी बन्न सम्पुर्ण मतदाता एवं कार्यक्रर्ताहरुसंग उनको आग्रह छ ।

उनले राष्ट्रिय मुद्धाहरुका साथ पहिलो चरणको चुनावमा आफुहरु पहिलो पार्टी भएकाले सवै तहको चुनाव पछि एमालेले दुई तिहाईका साथ सरकार चलाउन चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend