logo
  • शुक्रबार, असोज ९ २०८३

स्थानीय तह निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिवद्धता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २९।
जिल्ला स्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय तह निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बाल कल्याण समिति र महिला तथा बालबालिका कार्यालयको संयोजनमा गरिएको जिल्ला स्तरीय कार्यक्रममार्फत प्रमुख दलका प्रतिनिधिले बालबालिका कुनै अर्थमा प्रयोग नगर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।
निर्वाचनमा दलहरूले बालबालिका प्रयोग गर्दै आएका घटना सार्वजनिक भएको र आसन्न निर्वाचनमा पनि प्रयोग हुन सक्ने भन्दै लिखित प्रतिवद्धता जनाएका हुन् । विगत अवस्थालाई मध्येनजर गर्दै आसन्न निर्वाचनमा बालबालिका प्रयोगलाई पूर्णरुपमा निषेध गर्न राजनीतिक दलहरूबाट प्रतिबद्ध गराइएको बालकल्याण समिति संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले बताए ।
बालबालिकाको प्रयोग रोक्न प्रभावकारी अनुगमन संरचना भएपनि आफुसंग प्राप्त सुचना कार्यालयलाई जानकारी दिन महिला विकास अधिकृत प्रतिभा पन्थीले आग्रह गरिन । अनुगमनलाई प्रभावकारी बनाउन महिला विकास अधिकृतको संयोजकत्वमा स्थानीय निर्वाचन बालअधिकार अनुगमन समिति गठन गरिएको छ ।

प्रत्येक गाउँटोलका घटना थाहा पाउने छुट्टै यन्त्र छैन । प्रमुख जिल्ला अधिकारी ढुंगानाले भने,‘सुचना आए त्यसलाई गम्भिरताका साथ हेर्छौ । निर्वाचनका क्रममा बालबालिकालाई प्रचारप्रसारका लागि पर्चा पम्पलेट तथा पोष्टर टाँस्न नलगाउने, जुलुस ¥यालीमा सहभागी नगराउने सहमती भएको छ ।

त्यस्तै उनीहरूलाई कुनै पनि सामग्री ओसारपसार, कलाकार, सभासम्मेलनमा सहभागी नगराउने, एकअर्का विरुद्ध जासुसी गराउने वा सूचना आदानप्रदानमा बालबालिका प्रयोग नगर्ने लिखित प्रतिबद्धतामा उल्लेख छ । निर्वाचन पुर्व, निर्वाचनका बेला र निर्वाचन पश्च्यात गरी तीन चरणमा बालबालिकाको प्रयोग हुने गरेको जिल्ला बाल कल्याण समितिका सदस्य घनश्याम गौतमले बताए ।

जुन दलले शुरुमा बालबालिका प्रयोग गर्छ त्यसलाई तत्काल कारबाहि गरे मात्र अरुले गल्ती नगर्ने र नदो¥याउने माओवादी केन्द्रका पोलिटव्युरो सदस्य दिनेश पन्थीले बताए । ‘घरमा पार्टीका टिसर्ट र टोपी लिएर आउने, पन्थीले भने – बच्चाले जिद्धी गरेर लगाएपछि आचारसंहिताका कुरा गर्नु अस्वाभाविक हो ।

त्यस्ता उत्पादन र प्रचारमै रोक लगाउनुपर्नेमा उनले जोड दिए । त्यस्तै राष्ट्रिय जनमोर्चाका नेता हरि न्यौपानेले बिद्यायलयका शिक्षक र बिद्यार्थीलाई पार्टीको सदस्यता दिनुनै गल्ती भएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend