logo
  • शनिबार, असोज १० २०८३

इन्सेक गुल्मीको अर्धवार्षिक पुर्व समीक्षा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २९ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक (२०१८) का लागि सङ्कलन गरिएका घटनाको अर्धबार्षिक पूर्व समीक्षा कार्यक्रम सदरमुकाम तम्घासमा जेठ २९ गते सम्पन्न भएको छ । इन्सेक गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार समीक्षा कार्यक्रममा जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगानाले मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेकले सार्वजनिक गरेर समाजमा सकारात्मक दबाव सृजना गर्ने काम गरेको बताए ।
उनले समाजमा न्यायको सम्पादन गर्न साथै राज्यलाई मानव अधिकारको बिषयमा इन्सेकले खेलेको भुमिका महत्पुर्ण हुर्ने बताए । जिल्ला न्यायधिवक्ता लक्ष्मण प्रसाद घिमिरेले मानव अधिकार बर्ष पुस्तकमा समेटिने घटनालाई अझ सत्य तथ्य बनाउन इन्सेकले पीडित सम्म पुग्ने पहुच स्थापित गर्नुपर्नेमा जोड दिए ।
जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले इन्सेकले घटना संकलनको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिए । साथै जिल्लामा इन्सेकले हेर्ने भन्दा झन खतरनाक स्थिती सम्बन्ध बिच्छेद र आत्माहत्या भएकाले इन्सेकले कुनै न कुनै कार्यक्रम मार्फत यो अवस्थालाई समेट्न आग्रह गरे ।
नागरिक समाजका अध्यक्ष पदम प्रसाद पाण्डेयले सुक्ष्म रुपमा समाजमा धेरै खाले मानव अधिकारसंग सम्बन्धित घटना रहेपनि समेटन निकै चुनौति रहेको बताए । कार्यक्रममा जनवरी देखि जुन ८ सम्ममा संकलन गरिएका बलात्कार सात, हत्या एक, कुटपीटसंग सम्बन्धि घरेलुहिंसाका घटना ४९, बहुबिबाह दुई र केहि आर्थिक सामाजिक तथा राजनैतिक बिषय बस्तुहरुलाई समेटिएको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रमुख, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, पुर्व इन्सेक प्रतिनिधीहरु, नागरिक समाजका पदाधिकारी तथा अधिकारकर्मीहरु गरि ३५ जनाको सहभागीता रहेको थियो । त्यस्तै सृजनशिल सामुदायिक विकास केन्द्रको आयोजनामा १६ औ बाल श्रम बिरुद्धको दिवसको अवसरमा जिल्लामा बालश्रम बिषय अन्तरक्रिया सम्पन्न गरेको छ ।

अन्तरक्रियामा जिल्लाका विभिन्न सरोकारवाला व्यक्तिहरुले बालश्रम व्यतिको रोजीरोटीसंग गाँसिएकाले यसलाई मुक्त बनाउन निकै मुकिस्ल पर्ने बताए । दलित अधिकारकर्मी गणेश बिश्वकर्माले जिल्लाका धेरै होटलहरुमा बालश्रम भएको आफ्नै आँखाले देखेर पनि केहि गर्न नसकिएको बताए ।

‘होटलमा भाँडा माझ्ने धेरै बालबालिका छन्, अन्याय पनि भएको छ, उनले भने,‘ त्यहाँबाट उद्धार गरे पुर्नस्थापना गर्ने स्थान छैन् ।’ कार्यक्रममा अहिले गुल्मीमा बालबालिका दुर्वसनी, पुर्नस्थापन गृह, अहिले सम्म भएका प्रयास र भावी योजनाको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढुंगाना, प्रहरी उपरिक्षक भोला रावल, जिल्ला न्याधिवक्ता लक्ष्मण प्रसाद घिमिरे, जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्याल तथा विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend