साझा नेटवर्क
मिति : २७ जेष्ठ २०७४
महामहिम प्रो.रमेस प्र.कोइराला ज्यु,
नेपाली राज दुताबास (ऐन खालिद दोहा कतार)
बोधार्थ : प्रधानमन्त्रीको कार्यलय सिंहदरबार, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एकिकृत माक्सबाद लेलिनबाद (एमाले) नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्र, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा मन्त्रालय , श्रम बिभाग सोल्टीमोड़ काठमाडौँ नेपाल, महामहिम ज्यु समक्ष प्रवासमा नेपालीले भोगिरहेका समस्या समाधानका लागि नेपाली राजदुताबासको कार्यालय अबुहमूर दोहा कतार मार्फत सरकारलाई ध्यानाकर्षण गराउन चहान्छु ।
१) वैदशिक रोजगार ऐन २०६४ को अक्षरश कार्यान्वयन गर्दै म्यानपावर एजेन्सी लार्इ नै पीडित कामदारहरूको उद्धार, न्याय र क्षतिपूर्तिका लागि पूर्ण जिम्मेवार बनाऊन, कामदारहरूले तिरेको सबै रकमको रसिद भर्पार्इ पाउने र पीडित बन्दा न्याय र क्षतिपूर्ति पाउने ज्ञारेन्टी गरि प्रवासमा मौलाएको कमिशनखोरीलाइ दण्डितगरि,सरकारी सेवा प्रभावकारी, निशूल्क र सहज सर्वसुलभ पार्न सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
२) कामदारहरू कतार आएकै दिनदेखि स्वदेश नफर्कुञ्जेल सम्म करार बमोजिमको सम्पूर्ण तलब सुविधा पाउने र निशुल्क स्वदेश फर्किन पाउने सुनिश्चितता र बन्दोबस्त मिलाउन एवम न्युनतम तलब,फ्रिभिषा फ्रि टिकट जस्ता सरकारी निर्णय लागू भएका छैनन, सरकार किन मौन र लाचार यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन चहान्छु
३) अबदेखि मागपत्रहरुका पूर्व स्वीकृति दिंदा बैदेशिक रोजगार बिभागले रोजगार दाता कम्पनिले पछिल्लो ३ महिनाको कामदारहरुलाई तलव ट्रान्सफर गरेको बैंक स्टेटमेण्ट अनिवार्य जाँच गरोस र कम्तिमा ३ जना नेपाली कामदारहरुको सम्पर्क नम्बर मागेर रोजगार दाता कम्पनीको ताजा अवस्था बारे सोधपुछ कार्य गर्न सरकारको ध्यानआकर्षण गराउन चहान्छु ।
४) देशको कुल बजेटको झन्डै ३०% ओगटेको रेमिट्यान्सको मुख्य श्रोत वैदेशिक रोजगारबाट धेरै रेमिट्यान्स भित्र्याउन सफल नेपालीलाई देशको आमूल परिवर्तनका निम्ति प्रवासबाट आफ्नो मताधिकार दिन पाउने नैसर्गिक अधिकारको ग्यारेन्टी होस् यस सम्बधमा सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
५) रेमिट्यान्सको हिस्सा ३०% बाट ४०% वृद्धि गर्नका निम्ति झन्डै २० लाख नेपालीको अधुरो शिक्षा सम्बन्धित देशका राजदुतावासको निगरानीमा खुल्ला बिश्वविद्यालयको अबधारणा अन्तर्गत परिक्षा दिन पाउने व्यवस्था सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन चहन्छु ।
६) नेपाल सरकारले अब वैदेशिक रोजगारिका लागी अदक्ष कामदार पठाउन बन्द गरि कुनै न कुनै सिप सिकाएर मात्र दक्ष जनशक्ति र भित्री कार्यलयको काममा मात्रै पठाउन पहल गर्नुपर्ने, ५० डिग्रीको तापक्रममा नेपालीहरुले सधै काम गर्न सक्ने अवस्था रहदैन, त्यसकारण यस सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन चहान्छु।
७) मध्य्पुर्बको खाडी मुलुक कतारमा भ्रमण (Visit) भिसाको समस्या होइन समस्या खुला आजाद (Open Sponsorship) भिसाकोहो त्यसकारण छिटो भन्दा छिटो भिजिट भिषा खुलाइ कतारमा वा अन्य देशमा भिजिटमा आएका नेपाली नागरिकले आफ्नो अचल सम्पतिको वारिसनामा दिन पाउने व्यवस्था बेलैमा नियम परिमार्जन गर्ने तर्फ सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
८) नेपालको संबिधान २०७३ मा प्रवासमा नेपाली नियोग रहेका देशमा सास्कृतिक केन्द्र राख्ने व्यवस्था सम्बन्धमा सरकारले बेलैमा संसोधन गरि आफ्नो कला सस्कृति र भाषाको संरक्षण र सम्बर्दनका खातिर सास्कृतिक केन्द्र राख्ने व्यवस्थाका लागी सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
९) माघ १७ देखि लागुहुने गरि अनलाइन प्रक्रियाबाट श्रम स्विकिर्ती दिने जुन व्यवस्था लागू गरिएको छ सो व्यवस्था छिटो भन्दा छिटो नेपाली नियोग मार्फ़त मिलाइयोस र श्रम साढे दुइ बर्षको गराउने तर बिमा तीन बर्षको गराउदा श्रर्मिक लाई आर्थिक भार पर्ने हुदा बेलैमा नियम परिमार्जन गर्न तर्फ सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
१०) राहदानी जस्तै गरि नेपाली सवारी चालक अनुमती पत्र दुतावास मार्फत सम्बन्धित जिल्ला यातायात कार्यालयमा पठाइ नविकरण गर्ने र प्रवासमा प्राप्त गरेको सवारी चालक अनुमतिपत्रको आधारमा नेपाली सवारी साधन अनुमतीपत्र दिन र प्रवासि नेपालीलाइ सवारी साधन खरीद गर्दा मूल्यमा राजस्व सहूलियत छूटको व्यवस्था मिलाऊँने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
११) श्रम बिभागले दुई बर्षे बालक छाडेर विदेश जान सक्दछ भन्ने अनि सरकारको स्वास्थ मन्त्रालय पाच बर्षसम्म स्तनपान गराउनु भन्ने जस्तो बिरोधाभासपूर्ण नियमका सवालमा बेलैमा नियम परिमार्जन होस भनि सरकारको ध्यानाकर्षण गराउन चहान्छु ।
हंशराज ढकाल क्षत्री – सस्थापक सहसचिव, कास्की आदर्श सेवा समाज कतार, तथा सदस्य गैरआवाशीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद कतार।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend