साझा नेटवर्क
कुमार “अविरल” पन्थी, दोहा ।
“गुल्मी सेवा समाज कतारको प्रतिवद्धता, निस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नाराका साथ कतारमा सक्रिय रुपमा अगाडी बढिरहेको गुल्मी सेवा समाज कतारले वार्षिक भेला कार्यक्रम आयोजना गर्ने भएको छ । समाजको छैठौं साधारणसभा भएको एक वर्ष पुरा भएको अवसरमा आगामी ४ अगष्त २०१७ का दिन वार्षिक भेलाको आयोजना गरिएको हो ।
समाजले ११ औ मासिक बैठक सम्पन्न गर्दै वार्षिक भेला कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो । बैठक संस्थाका अध्यक्ष बुद्ध पाण्डेको अध्यक्षतामा बसेको थियो ।
बैठकमा संस्थाका अन्य पदाधिकारीहरु लगायत कतार बासी गुल्मेलीहरुको उपस्थिति रहेको थियो । हरेक महिनाको दोश्रो शुक्रबार बस्दै आएको समाजको बैठक यो महिना पनि गत शुक्रबार सम्पन्न भएको छ।
समाजको वार्षिक गतिविधिहरुलाई रोजगारिको सिलसिलामा कतारमा रहदै आएका सम्पूर्ण गुल्मेलीहरु माझ पुराउने र समाजले प्रवासमा भइपरी आउने समस्या समाधानमा तथा स्वदेशमा समेत गर्दै आएको सहयोगलाई थप प्रभावकारी बनाउन निर्णय गरेको छ ।
कतारमा रहेका सम्पूर्ण गुल्मेलीहरुलाई समाजले संचालन गरेका हरेक अभियानमा सहयोग तथा साथ दिदै आएकोमा धन्यवाद प्रकट गरेको छ । साथै समाजले आगामी दिनहरुमा साथ् र सहयोगका लागि अनुरोध समेत गरेको छ ।
रोजगारिको सिलसिलामा कतारमा रहदै आएका सम्पूर्ण गुल्मेलीहरुलाई गुल्मी सेवा समाज कतारको सदस्यता लिन, सदस्यता लिइ सकेका तथा नवीकरण गराउन बाकि रहेका सम्पूर्ण सदस्यहरुले नविकरण गराउन आह्वान गरिएको छ ।
बैठकमा विभीन्न प्रस्तावहरुमा छलफल गर्दै सस्थाको छैठौ साधारणसभा पछीको वार्षिक भेला यहि आउदो ४ अगष्त २०१७ शुक्रबारका दिन सम्पन्न गर्ने निर्णय गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend