साझा नेटवर्क
टोपलाल अर्याल ,गुल्मी जेठ २८।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण बिष्टले निजामती कर्मचारीले काम छोड्र सत्ता रिझाउन थाले प्रसासन बिग्रने बताएका छन् ।
आइतबार निजामती कर्मचारी संगठन जिल्ला कार्य समितिले प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका बिमोचन गर्दै नेता बिष्टले सो कुरा बताएका हुन्।नेपालको मुल्याङ्कन प्रणाली र राजनैतिक प्रवृति गलत भएका कारण कर्मचारी काम र दक्षतामा भन्दा चाकडीको चंगुलमा फसेको उनले बताए। पुर्व मन्त्री समेत रहेका बिष्टले अहिले सम्म कर्मचारीलाई राजनैतिक पुर्वाग्रह भन्दा बाहिर राखेर बिधी र प्रक्रिया सरुवा वा बढुवा गर्न नसकिएको बताए ।
‘कर्मचारी सत्ता निकट भए ठिक नभएर नेटो कटाउने चलन छ,’उनले भने,‘यो मनोवृति केहि बर्ष लगाएर भएपनि हटाउाछौ ’निजामती कर्मचारी र राजतिती एक अर्काका परिपुरक भएकाले सम्बन्ध अझ मज्बुद बनाउन सके समृद्ध नेपाल असम्भव नहुने बिष्टको भनाई रहेको थियो । ‘कर्मचारीका राजनैतिक आस्था स्वभाविक हो,राजनिती भित्रको दुई खाले मनोबिज्ञान हावी छ,’उनले भने,‘ चाकडी खोज्ने बुढो मनोबिज्ञान त्यसलाई गलत भन्ने युवा मनोबिज्ञान ।
’चुनावी अभियानका लागि जिल्ला आएका नेता बिष्टले चुनावलाई स्वच्छ,निश्पक्ष,र धाादली रहित बनाउन कर्मचारीहरुलाई आग्रह गरे ।भुमिका रहेको बताए। बिष्टले अहिले देशमा विभिन्न तत्वहरुले चुनावलाई धुमिलाउने खेलमा रहेकाले सजक भएर न्यायपुर्ण मतदानमा मतदाता सहभागी बनाउन कर्मचारीको ठुलो कार्यक्रम आयोजना गरिएको बताए ।
उक्त कार्यक्रमा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद ढुंगाना,निजामती कर्मचारी संगठनका ५ नं प्रदेश उपाध्यक्ष दधिराम मरासिनी,गुल्मी उद्याग दुर्गा,पेसागत महासंघका माधव ज्ञवाली,शिक्षक संगठनका अध्यक्ष रोहित भण्डारी,पुर्व कर्मचारी संगठनका अध्यइा गुण निधी शर्मा, उपस्थिति रहेको थियो ।
यसैगरी प्रकाशन समिति संयोजक लोकनाथ मरासिनी,आधिकारि टेड युनियका उपाध्यक्ष पुर्णलाल श्रेष्ट,स्वागत पुर्व अध्यक्ष चोलाराज शर्मा स्वागत,भतिराम मरासिीको अध्यक्षता,सचिव लालमणी भण्डारीको संचालन कार्यक्रममा सेवा निवृत भएका विभिन्न कार्यचारीहरुलाई सम्मान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend