logo
  • शुक्रबार, असोज ९ २०८३

चुनाव जित्न गलत प्रचार होइन विकास गर्नुस : नेता बिष्ट


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २८।
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण बिष्टले चुनाव जित्न विकास गर्नुपर्ने बताएका छन् । गाउँमा काम नगर्ने तर अरुले पारेका योजनाहरुमा पार्टी र आफ्नो नाम भजाउनेहरुलाई विकास गरेर देखाउन उनले सुझाव दिए ।
इस्मा गाउँपालिका सम्पर्क कमिटी रुपन्देहिले आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता बिष्टले पार्टीको नाममा नभएर जनताको नामका काम गर्न प्रतिपक्षहरुलाई आग्रह गरे । आफुको लामो समयको मेहेनत र गुल्मेली जनताको साथले थुप्रै विकास निर्माणका काम भैरहेकाले अत्तालिएर अरु पार्टी अफावामै सिमित भएको बिष्टले प्रतिक्रिया दिए ।

उनले सरकार र सत्तापक्षले आफुलाई पायक पर्ने स्थानमा गरेका चुनावमा पनि एमाले पहिलो पार्टी भएकाले अबका जीत अझ सजिला भएको बताए । तालमेलले पार्टी सकिएको जानेर पनि एमालेको जनलहर बिरुद्ध प्रतिपक्षहरुले गुटबन्धि गरिरहेको प्रसंगलाई कोट्याउँदै बिष्टले जति पार्टी मिले पनि एमाले नडराउने बताए ।

जो जससंग मिलेपनि डराउने होइन, चुनाव हो डटेर सामाना गरौ,’ उनले भने,‘ बरु उनीहरुको गलत हतकण्डाबाट मत सुरक्षित गरौ ।’ पुर्व मन्त्री समेत रहेका बिष्ट स्थानीय चुनावलाई मध्येनजर गर्दै करिव दुई साताको लागि जिल्ला आएका छन् ।

उनले जिल्लाका विभिन्न नगर तथा गाउँपालिका र वडाहरुका कार्यक्रमलाई संबोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend