साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी जेठ २७।
पीडित आफैले आफु अन्यायमा परेको पत्तो पाउादैनन । ठुलै समस्या नपरेसम्म वरपर पनि गाइागुई हुादैन्। धेरैलाई आफुकोमा परेको पीडा अरुलाई सुनाए वा थाहा पाए इज्जत गएको महसुस गर्छन ।सदरमुकामको एक कार्यक्रममा उपस्थित स्थानीय तथा सरोकारले पनि त्यहि कुरालाई जोड दिएका छन् ।
‘पतिले पटक पटक कुट्दा पनि बरु घरमै रोएर बस्ने धेरैछन्,धुर्कोट रजस्थलका राजु पछाईले भने,‘उनीहरुले अरु कसलाई पीडा बताउँता उल्टै इज्जत जाने सम्झन्छन् ।’ कतिपयलाई उजुरी दिए पारिवारिक बिचलन पर्ने र थप पीडा हुने डर पनि छ। ‘पति बिरुद्ध उजुरी दिए भोली को संग बस्ने ? उनीहरुलाई पीडा भन्दा त्यो डर छ,’पछाईले भने,‘ अन्यायमै परेरै पनि न्याय खोज्ने अवस्था छैन् ।
’ त्यस्तै वाग्लाकी महिला अधिकारकर्मी दुर्गा खनालले गाउँगाउँमा चेतना नभएको कारण महिलाहरु उजुरीको पहुाच सम्म नपुगेको बताइन्। गाउँमा धेरै समस्या घरेलु हिंसाको हो,’ त्यसको प्रमुख कारण मदिरा भएपनि नियमयन गर्ने निकाय छैन,’उनले भनिन,‘ एक दुई जनाले के गर्नु।’जिल्ला न्यायधिस मातृका प्रसाद मरासेनीले कानुन उपचारनै नखोजी घरैमा बस्ने प्रवृति गलत भएको बताए ।
‘अहिलेको अवस्थामा न्याय नै नपाएर मर्नुपर्ने पर्दैन,’ उनले भने,‘ शसक्तिरणको माध्यमबाट उनीहरुलाई उजुरी दिने अवस्था सम्म पुर्याउनुपर्छ । गाउँमा अहिले पनि थुप्रै संघसंस्था, आमा समुह, प्रहरी र अन्य सरोकारवाला निकाय भएकाले अन्यायनै सहेर घरमा बस्नु नहुनेमा मरासेनीको जोड थियो । जिल्लामा पछिल्ला बर्षहरुमा एक देख डेढ सय घरेलुहिंसाका घटना प्रहरीमा दर्ता हुने गरेका छन् ।बञ्चितीकरणमा पारिका समुदायको मानव अधिकार प्रर्वदन परियोजनाले दुई दिवसीय क्षमता विकास तालिममा सदरमुकाममा आयोजना गरेको थियो ।
तालिममा जिल्ला न्यायधिस मरासेनीले नेपालको संविधान ०७२ मा भएका व्यावस्था, स्थानीय तह, नेपालमा महिला अधिकार र कानुनी व्यावस्था, लैंगिक हिंसा र मानव अधिकारको बारेमा जानकारी दिएका थिए। त्यस्तै स्वच्छ सुनुवाई र आरोपितको अधिकार,आर्थिक, सामाजिक, साास्कृतिक अधिकार र पीडितको अधिकारी र न्यायका बारेमा जिल्ला न्याधिबक्ता लक्ष्मण घिमिरेले प्रकाश पारे । विकास सम्बन्धि अवधारण र सुशासनको बारेमा जिल्ला अदालतका श्रेष्तेदार दुर्गा प्रसाद बस्यालले जानकारी दिए।साथै मानव अधिकार प्रर्वद्धन समितिको काम कर्तव्य, अधिकार र योजनाको बारेमा परियोजना अधिकृत गणेश श्रेष्टले जानकारी दिएका थिए ।
जिल्ला सृजनशिल सामुदायिक विकास केन्द्र मार्फत परियोजना लागु भएको छ । कार्यक्रममा परियोजनाको जिल्ला तथा बस्तु, धुर्कोट रजस्थल, भनभने, वाग्ला र पिपलधारमा गठित मानव अधिकार प्रर्वद्धन समितिका पदाधिकारीको सहभागीता रहेको थियो ।फोटो : मानव अधिकार र संवैधानिक हक अधिकारका बारेमा सरोकारवालालाई सहजीकरण गर्दै जिल्ला न्यायधिस मातृका प्रसाद मरासेनी ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend