साझा नेटवर्क
टोपलाल अर्याल,गुल्मी जेठ २७।
नेकपा एमालेका नेता तथा पूर्व सांसद कमलराज श्रेष्टले दुई नगरपालिका र अघिकांश गाउँपालिका जित्ने दावी गरेका छन् । नेकपा एमाले रेसुंगा नगरपालिका ७ को चुनावी सभालाई संबोधन गर्दै नेता श्रेष्टले गाउँगाउँमा आएको एमाले प्रतिको जनलहरले आफुहरु ढुक्क भएको बताए ।
उनले कांग्रेस र माओवादीले गाउँ र मतदाता सम्म लिएर जाने कुनै एजेण्डा नभएका कारण अहिले सम्म उमेदवार छनौटमा बिबाद भएको बताए । ‘लक्षिणको घरमा सल्लाह, अलक्षिणको घरमा हल्ला,’उनले भने,‘ रेसुंगा नगरको मेयर बनाउन समेत रुवावासी चलेको छ ।’ एक्लै कुनै पनि नगर तथा गाउँपालिका नजित्ने भएपछि कांग्रेस माओवादीमा जुट्ने फुट्ने क्रम जारी रहेको श्रेष्टले बताए । समग्र कांग्रेसले आफ्नो लाल किल्ला ठान्ने वडामा समेत युवाको उपस्थिती राम्रो भएकाले जित सुनिश्चत भएको बताए ।
डम्पिकङ्ग साइड होइन : श्रीपाली
नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य गणेश श्रीपालीले अहिले सम्म कांग्रेसलाई जिताएको उपहार डम्पिङ्ग साइड र धुले बाटो पाएको बताए । भोटको लागि वडा नं ७ लाई कांग्रेसले आफ्नो बिर्ता ठान्ने तर बिकास अनुकुल ठाउामा पुर्याउने कांग्रेसको प्रवृतिले सोझा जनता सधै चपेटामा परेको श्रीपालीले बताए । ‘गाउँका साहुहरु बजारमा बसेर गाउामा भोट माग्न आउने, विकासको नाममा डम्पिङ्ग साइड,’ उनले भने,‘ अव पनि पलाष्टिक जलाएर जनताको फोक्सो रित्याउन पाइदैन ।
’ जनताले खाने पानीलाई समेत आफ्नो निजि सम्पती जस्तो बनाएर राजनिती गर्नेहरुले अव पनि फर्खेर बसे दुख पाइने बताए । चुनाव जनताको भाग्य र भविष्य कोर्ने माध्यम भएकाले एमालेलाई बिजय बनाउन सवै मतदाता एव कार्यक्रर्ताहरुलाई आग्रह गरे । अर्जुन डााडालाई प्रमुख पर्यटकीय गन्तव्य, उनायचौरलाई चिडियाघर, सवै टोलमा पक्की बाटो बनाएर नगरपालिकालाई समृद्ध र नमुना बनाउने योजना रहेको बताए ।
मैले तलव भत्ताको आश गर्नु पर्दैन : भुसाल
नेकपा एमालेको तर्फबाट रेसुंगा नगरपालिको मेयरको उमेदवार डिल्लीराज भुसालले आफुले राज्यले दिन कुनै सेवा सुविधा नलिने बताएका छन्।उनले आफुलाई राज्यले दिने तलव भत्ताको भन्दा समाज सेवा र विकासको चिन्ता भएकाले काम गरेर देखाउने अवसर दिन कार्यक्रर्तालाई आग्रह गरे । भुसालले पिच हुादै गाउाको मुहार फेरिन थालेको अवस्थामा नगर अझै ज्यूका त्यू रहेकाले समयमै एमालेलाई जिताउन आग्रह गरे । आफुहरु व्यतिगत लगानीमा समेत काम गर्न तयार रहेको बेला कुनै बिल भरपाई मिलाएर राजतिती गर्न आफुहरुलाई नपर्ने उनले बताए ।
बत्ति मुनि अधोरो पार्दिन : पाण्डेय
नेकपा एमाले रेसुंगा नगरपालिका ७ को वडा अध्यक्षका उमेदवार मोहन प्रसाद पाण्डेयले बर्षौ कांग्रेसको चंगुलमा आफुहरु फसेकाले गाउँ पिच हुने शहरमा धुलो उड्ने भएको बताएका छन् । ‘सदरमुकाम नजिकको गाउँका नागरिकले पानी खान र बत्ति बाल्न पाएका छैनन,’उनले भने,‘मैले बत्ति मुनि आधेरो बनाउादैन् ।
’चुनावी आम सभामा संबोधन गर्दै पाण्डेयले युवाहरुको अहिलेको उर्जालाई दिर्घकाल सम्म जिवन्त राख्ने प्रतिबद्धता जनाए ।प्रत्येक टोल र बस्तीको विकास पााच बर्षमै नमुना बनाउने योजनामा आफु भएकाले नयाा उत्साहका साथ काममा खटिन सवै युवाहरुलाई आग्रह गरे । अहिलेपनि सर्वसुलभ रुपमा पाइने पानीमा तम्घासमा राजनिती गरिएको बताउादै पाण्डेयले आफुले बिजय हासिल गरे निशुल्क वितरण गर्ने बताए ।
कार्यक्रममा रेसुंगा नगरपालिकाको उपमेयरको उमेदवार सिता भण्डारी लगायतले संबोधन गरेका थिए । कार्यक्रम अनेरास्वावियु गुल्मीका संयोजक राजेन्द्र बिक्रम कुवंरको संचालनमा सम्पन्न भएको थियो ।आफुहरु सधै जनताको पक्षमा भएकाले राष्ट्रिय एजेण्डा लिएर गाउँ गाउँ पुगेको बताए । कांग्रेससवै नगर र गाउापालिकामा उमेदवार छनोट
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend