logo
  • शनिबार, असोज १० २०८३

प्रतिवद्धता पत्र कार्यन्वयन तथा अनुगमन समितिको बैठक सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

गुल्मी, जेठ २५ ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध संस्था सुशासन अभियान गुल्मी र मालपोत कार्यालय गुल्मीको संयुक्त सहभागितामा जवाफदेहीपन, पारदर्शिता र सदाचार प्रर्वद्धनका लागि हस्ताक्षरित प्रतिबद्धता पत्रको कार्यान्वयनका लागि गठित प्रतिबद्धता पत्र अनुगमन समितिको बैठक समितिका संयोजक तथा मालपोत कार्यालय गुल्मीका प्रमुख खुप बहादुर के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो ।

उक्त बैठकमा प्रतिबद्धता पत्रमा उल्लेखित कुराहरु प्रभावकारी रुपमा कार्यान्वयन भए नभएको बारेमा समिक्षा गरि आगामी दिनमा यस कार्यालयबाट प्रवाहहुने सार्वजनिक सेवालाई छिटो छरितो, सहज र आम नागरिकका लागि पहुँचयोग्य बनाउन यसको कार्यान्वयनमा प्रतिबद्ध रहने निर्णय गरिेएको थियो ।

उक्त बैठकमा प्रतिबद्धता पत्र अनुगमन समित सदस्य रोमनाथ भुसाल, पूर्णलाल श्रेष्ठ राम्रचन्द« आचार्य, सुशासन अभियान गुल्मीको तर्फबाट अध्यक्ष श्यामकुमार पाण्डेय, सह–सचिव विनोद पाण्डेय तथा कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम संस्थाका सह–सचिव विनोद पाण्डेय, र कार्यक्रम सहायक अञ्जना अधिकारीको उपस्थितमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend