logo
  • शुक्रबार, असोज ९ २०८३

‘अहिले यो बिकास गर्छु भन्दा हतार हुन्छ’ वडा अध्यक्ष उम्मेदवार काउँछा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी जेठ २५।
दोस्रो चरणमा हुने स्थानिय निर्वाचकको निम्ती गुल्मीमा पनि चुनावी सरगर्मी तिब्र गतिमा बण्न थालेको छ। बिभिन्न दलहरुले निर्वाचन बिशेष अभियान, बिभिन्न भेला,सभा सम्मेलन छलफलहरु गर्न थाले सगै चुनावी रौनक भित्रिन थालेको छ।

गुल्मीमा रहेका २ नगरपालिका र १० गाउँपालिका सहित ९३ वडामा निर्वाचनका गतिबिधिहरु वढन थालेका छन्। गुल्मीको सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकामा सबैदलहरुबाट उम्मेदवार छनोट कार्यक्रम अन्तिम चरणमा पुऱ्याएका छन् नगरका १४ वडा मध्ये वडा नं. ८ मा एमालेको तर्फबाट युवा उम्मेदवार प्रितम काउँछालाई उठाउने एमाले गुल्मीले निर्णय गरेको छ ।

एमाले गुल्मीका जिल्ला कमिटी गुल्मीका जिल्ला सदस्य समेत रहेका काउँछा जिल्लाकै लोकप्रिय ब्याक्ति मान्छिन्। उनको वडा अध्यक्षमा उम्मेदवार बनेपछी उनको नगरमा सर्बत्र चर्चा चलेको छ। धेरै युवाहरुका लोकप्रिय मानिने काउाछा सबैसंग ब्यावहारिक भद्र मिठो स्वाभावले बोल्ने ब्यक्तिक रुपमा काउछा परिचित छन् ।

निर्माण व्यावसायि गुल्मीका कोषाध्यक्ष समेत रहेका काउाछा नगरभित्रका बिभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध छन् । सामाजिक रुपले सफल व्यक्ति राजनितिले पनि उक्तिकै सफल इमान्दार युवा नेता हुन । वालक देखि बृद्धा सम्म सबैलाई मिलाएर सबैको समृद्धिका निम्ती केहि गर्नु पर्छ भन्ने सोचले उम्मेदवार बनेको उनि बताउाछन् ।जिल्लामा सबैमाझ लोकप्रिय केहि गर्नु पर्छ भन्ने उदारणिय पात्रका रुपमा पनि उनि परिचित छन् ।

काउँछा निर्वाचन नजिकिए सगै चुनाव प्रचार प्रसार छन् अरुले प्रचार गर्दै हिडछन् हाम्ले गरेर देखाउाछौं काउाछाले भने ‘चुनाव जित्नको निम्ती मात्र होइन एमालेले सधै जनताको समृद्धिका निम्ती लडने पार्टी हो ।’ बिकासका योजनाहरु अहिले भन्दा हतार हुन्छ उनले भने‘बेरोजगारीलाई रोजगारका अबसर देखि साना तथा ठुला उद्योगहरु घर घरमा स्थापना गर्नको निम्ती धेरै योजनाहरु ल्याइनेछ ।

’ नयाँ  योजनाहरु देख्नको लागीसुर्य चिन्ह्मा मतदान गरेर एमालेलाई जिताउनु पर्ने काउँछाले आग्रह गरे । वडा अध्यक्षमा निर्वाचित भएसगै समृद्ध वडा बनाउने योजनाका साथ चुनावी मैदानमा उत्रिएको काउछाले बताए । उनको वडा अध्यक्षमा उम्मेदवार बनेसगै उक्तवडाका स्थनिय हर्षित एबं चुनावी प्रचार प्रसारमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend