साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं जेठ २४ ।
नेपाली सांगीतिक बजारमा एउटा चिर परिचित नाम हो सौगात सायर, तिमी फुलेउ कतै म फ़ुले कतै, इतिहासको कुनै पानामा लगायत चर्चामा रहेका गीत गाउने गायक अहिले २ नम्बर धन्दामा लागेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलले कब्जामा लिएको छ ।
प्रहरीले खोजतलास गर्दा गायक सौगातको साथबाट ड्रग्स र हात हतियार समेत फेला पारेको बताएको छ । तर यो सबै वास्तविक जीवनमा नभई बिष्णु भट्टराईले निर्देशन सम्पादन गरेको म्युजिक भिडियो भित्रको कथा हो । धेरै समयपछि सौगात सयरले आफ्नै स्वर , शब्द र संगीत भरेको गीत “यो बस्तिहो लुटपाटको” भन्ने बोल रहेको गीत दर्शक माझ ल्याएका छन् ।
गायक स्वयम् र साथमा कोमल ओली, बिष्णु घिमिरे, भानु, सेंजल लगायतको मुख्य भूमिका रहेको गीतको भिडियो बुटवल सेरो फेरोमा अविरल फिल्म्सले छायांकन गरेको छ । आफ्नै मान्छेले धोका दिएपछिको कथा गीतमा उठाइएको छ । सगुन शर्माले श्रीन्गार गरेको भिडियोमा अविरल फिल्मस्ले नै बजार ब्यबस्थापन गरेको छ ।
माया धोका र सामाजिक बिकृति विसंगति हरुलाई भिडियोमा उठान गरिएको छ । गायक सौगात सायार्ले आफुले यो गीत मार्फत दर्शकको साथ् पाउने आसा राखेको बताउछन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend