logo
  • शनिबार, असोज १० २०८३

जिल्लामै पहिलो पटक वडिगाड २ र ४ मा अनलाईनबाट घटना दर्ता शुरु


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ जेठ २४ ।
बडिगाड गाउँपालिका वडा नं. २ खर्वाङमा पहिलो पटक घटना दर्ता अनलाईन प्रणालीमा सुरु भएको छ। वडा कार्यालयमा व्याक्तिगत घटना अन्तर्गत जन्म, मृत्यू, वसाईसराई, विवाह र सम्बन्ध विच्छेदको दर्ता अनलाईन मार्फत सुरु गरिएको हो।

व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणालीमा लैजाने सरकारी कार्यक्रम अनुसार नै घटना दर्ता अनलाईन मार्फत सुरु गरिएको वडा अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिनुभएको छ । भुसालले सुचना प्रणालीको प्रयोगले काममा छरितो र सरलता हुने वताउनु भएको छ।
त्यस्तै वडा सचिव गिता पौडेलका अनुसार इन्टरनेटको पहुँचमा भएका सेवा ग्राहिले घरवाटै घटना दर्ताको फारम भर्न सक्ने तथा आफ्नो आई डि नम्वरको आधारमा जुनसुकै ठाउँवाट सुचना लिन सक्ने वताइएको छ। यस्तै जिल्ला समन्वय समिति बागलुङको आयोजनामा खर्वाङमा सञ्चालित व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणाली संचालन सम्वन्धि तालिम सम्पन्न भएको छ।

चार दिन सम्म चलेको तालिममा बागलुङ जिल्ला भित्रका वडा सचिवहरुको सहभागिता रहेको थियो । तालिममा जिल्ला समन्वय समितिकास सुचना प्रविधि अधिकृत शंकर थापा र ना.सु. मिन वहादुर थापाले सहजिकरण गर्नुभएको थियो ।

समापन कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका मिन वहादुर थापा, सहभागिको तर्फवाट ढोरपाटन नगरपालिका वडा नं. ५ का वडा सचिव कमल कँडेल, वडिगाड वडा नं. ५ का वडा सचिव सुनिता पुन लगाएतले वोल्नु भएको थियो । कार्यक्रम बडिगाड गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता तथा बडिगाड गाउँपालिकाका नायव सुब्बा थम्मन रेश्मीको संचालनमा सम्पन्न भएको थियो ।

बागलुङमा जेष्ठ १५ गते देखि नै व्याक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यावस्थापन सुचना प्रणाली सुरु गर्ने भनिए पनि अधिकाशं वडा हरुमा सुरु हुन सकेको छ्रैन। दक्ष जनशक्ति, भौगोलिक विकटता तथा इन्टरनेटको सहज पहुँच नहुँदा समयमै सेवा सुरु गर्न नसकिएको जिल्ला समन्वय समिति अन्तर्गत पञ्जिकरण शाखाका मिन वहादुर थापाले जानकारी दिनुभएको छ ।

जिल्लामा बागलुङ नगरपालिको वडा नं. ३ र बडिगाड गाउँपालिका वडा नं. २ र ४ मा मात्रै यो सेवा सुरु गरिएको छ। वडिगाड गाउँपालिकाको वडा नं. ४ मा एक वर्ष पहिले नै अनलाईन सेवा सुरु भएपनि जिल्लाको अन्य क्षेत्रमा बल्ल सुरु गर्न तयारी गरिएको हो।

यद्यपी जिल्ला भर अनलाईन सेवा सुरु गर्न अझै केहि समय लाग्न सक्ने देखिएको छ। सम्वन्धित कर्मचारीहरुको दृढ इच्छा नभएको तथा कार्यालयले जनशक्ति व्यावस्थापन गर्न नसक्दा सेवा जिल्ला भर सुचारु हुन नसकेको जानकारहरुले वताएका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend