logo
  • शनिबार, भाद्र २० २०८३

कतार र साउदीमा कार्यरत नेपालीलाई नआत्तिन दूताबासको आग्रह


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

कतार, जेठ २३ ।
साउदी अरब लगायत विभिन्न मुलुकहरुले कूटनीतिक सम्बन्ध तोडे पनि कतारमा कार्यरत आप्रपासी कामदारलाई कुनै अप्ठ्यारो नपर्ने कतार सरकारले आश्वस्त पारेको छ।नेपाल र भारत लगायत विभिन्न मुलुकका राजदूतहरुले कतारी विदेश मन्त्रालयका अधिकारीसँग भेट गरेर यहाँ कार्यरत आ-आफ्नो देशका नागरिकको सुरक्षाका विषयमा चासो राखेका छन् ।यस क्रममा कतारका सरकारी अधिकारीहरुले यहाँ कार्यरत नेपाल र भारतलगायत विभिन्न देशका नागरिकहरुले आत्तिनु नपर्ने भन्दै आश्वस्त गराएको कतारस्थित नेपाली राजदूत रमेशप्रसाद कोइरालाले जानकारी दिए।

कतारमा हालै देखिएको समस्याबाट यहाँ कार्यरत नेपाली लगायत आप्रवासी कामदारहरुलाई कुुनै समस्या नपर्ने कतार सरकारलाई उधृत गर्दै राजदूत कोइरालाले बताए।कतार सरकारले आफ्नो देशमा आवश्यक पर्ने खाद्यान्न लगायतका अति आवश्यकीय सामाग्रीहरुको आपूर्ति जलमार्ग र एयरलिफ्ट मार्फत बढाइसकेको जानकारी गराएको कोइरालाले बताए।

राजदूत कोइरालाले मंगलबार दूताबासमा नेपाली समुदायसँग यसबारे छलफल गरेका छन् । नेपाली समुदायका अगुुवाहरुसँगको भेटमा कोइरालाले कतार सरकारका प्रतिनिधिहरुसँग आफूले नेपालीहरुको समस्याबारे कुराकानी गरेको जानकारी दिए।नेपाल,भारतलगायत विभिन्न देशका राजदूतहरुले कतारका सरकारी अधिकारीसँग भेट गरेको उनले जानकारी दिए।

साउदीसँग सम्पर्क

राजदूतसँगको भेटमा नेपाली प्रतिनिधिहरुले साउदी र कतारको सीमानामा सवारी चालक नेपालीहरु अलपत्र परेको जानकारी दूताबासलाई गराएका थिए । यसबारे साउदीतिर रहेका नेपालीलाई साउदीस्थित नेपाली दूताबासले उद्धार गर्ने कोइरालाले बताए । कतारतर्फ अलपत्र परेकालाई कतार दूतावासले उद्धार गर्न पहल गर्ने उनले आश्वासन दिए।

हाल सीमाना रहेका नेपालीको उद्धारका लागि दुुबै देशका राजदुुतवीच सल्लाह भैसकेको जानकारी पनि कोइरालाले दिए ।कतारको स्थलमार्ग भएर साउदी अरब,युुएई, बहराइन र इजिप्ट जान समस्या भए पनि सीधै नेपालबाट कतार आउन भने कुुनै समस्या नरहेको राजदुत कोइरालाले बताए ।

उनले अबर समस्याका कारण साउदी र कतारमा कार्यरत नेपालीहरुमा कुनै समस्या नपर्ने बताए।सोमबार मात्रै साउदी अरब लगायत ७ वटा देशहरुले बतारमाथिको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेपछि खाडी मुलुकमा संकट देखा परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend