logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मीमा सरसफाई सप्ताह शुरु, गाउँदेखि बजारसम्म सचेतना र प्रदर्शनी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २३ ।
सोमबारदेखि देशभर सरसफाई सप्ताह शुरु भएको छ । यस पटक मनाउन लागिएको १८ औ सरसफाई सप्ताहको नारा ‘खुला दिसा मुक्त गर्नुछ, २०१७ भित्र, सक्षम र जिम्मेवार छ स्थानीय नेतृत्व’ भन्ने तय गरिएको छ । सफाई सप्ताह जिल्लाका विभिन्न संघसंस्थाहरुले शुरु गरेका छन् । सरसफाईको क्षेत्रमा काम गरिरहेको सुआहारा गुल्मीले तम्घासको बसपार्कमा जनचेतनामुलक सरसफाई प्रदर्शनी गरेको छ ।

साथै जिल्लाका अन्य स्थानहरुमा पनि अन्तरक्रिया तथा जनचेतनामुलक कार्यक्रम भैरहेको सुआहाराको (म्ध्इ) राम पराजुलीले बताए । खुल्ला दिसा मुक्त क्षेत्रको विकास, खानेपानी र आफ्नो वरपरको क्षेत्रको सरसफाई, पर्यटकीय क्षेत्रको सरसफाईका विषयमा जनचेतना मुलक कार्यक्रम सञ्चालनलाई सरसफाई सप्ताहको मुख्य उदेश्य राखिएको उनले बताए ।

बसपार्कमा राखिएको विभिन्न जनचेतना मुलक स्टलहरुमा पुगेका सर्वसाधरणहरुलाई सरसफाई सम्बन्धि सचेत बनाइएको थियो । साथै दैनिक जीवनमा सरसफाईको महत्व र पानीबाट सर्न सक्ने रोगहरुको बारेमा जानकारी गराइएको थियो ।

तम्घास बसपार्कमा रहेको अनटेस्ट युवा क्लवको सहयोगमा विभिन्न जनचेतनामुलक श्रव्य दृश्य सामग्री सहितको स्टलहरु राखिएको थियो । देशलाई खुला दिसामुक्त क्षेत्र बनाउन स्थानीयकै भूमिका महत्वपूर्ण भएकाले लामो समयपछि भएको स्थानीय तह निर्वाचनले यसलाई प्रभावकारी कार्यान्वयनका लागि सहयोग पुग्ने खानेपानी तथा सरसफाई विभागले विश्वास लिएको छ ।

सरकारले २०१७ को अन्त्य सम्ममा सबै नेपालीको पहुँचमा आधारभूत स्तरको खानेपानी तथा सरसफाई सेवा पु¥याउने लक्ष्य राखेको छ । आधारभूत सरसफाई भन्नाले सुरक्षित चर्पी सबै नेपालीको पहुँच हुनु र न्युनतम व्यक्तिगत सरसरफाई कायम हुनु हो ।

बोलिचालीको भाषामा यसलाई ‘एक घर एक शौचालय र साबुनपानीले हात धुने वानी’ भन्ने बुझाउँछ । आधारभूत स्तरको सरसफाई सुविधा वृद्धि गर्नेक्रममा भने नेपालले सन्तोषजनक प्रगति गरेको छ । अहिले करिब ९१ प्रतिशत घरधुरीका नेपालीले आधारभूतस्तरको शौचालयको प्रयोग गरिरहेका छन ।

गुल्मी २७ औ खुल्ला दिसामुक्त जिल्ला

गुल्मी जिल्ला ०७२ असार २७ गते खुल्ला दिसामुक्त जिल्ला घोषणा भयो । उपराष्ट्रपति परमानन्द झाले एक भव्य कार्यक्रमकाबिच खुल्ला दिसामुक्त जिल्ला घोषणा गरे । २७ औ जिल्लाको रुपमा गुल्मी खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको थियो । २०६९ साल वैशाख २७ गते अर्जै गाविसलाई पहिलो खुल्ला दिसामुक्त गाविस घोषणा गर्दै खुल्ला सरसफाईको अभियान सुरू भएको थियो ।

२०७२ असार १६ गते हुँगा गाविसलाई अन्तिम खुल्ला दिसामुक्त गाविस घोषणा गरेर जिल्लालाई खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो । नेपालका ३८ वटा जिल्लालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । भने १० वटा घोषणा गर्ने तयारीमा रहेको खानेपानी तथा सरसफाई विभागले जनाएको छ ।

गुल्मीमा सुआहारा

बहुक्षेत्रीय पोषण कार्यक्रम दोस्रो चरण गुल्मीमा शुरु भएको छ । युएसएआईडीको आर्थिक सहयोग, हेलन किलरको व्यवस्थापनमा सुआहाराले सुत्केरी तथा गर्भवती महिला र बालबालिहरुको पोषण, महिलाको स्वास्थ्य तथा सरसफाईको क्षेत्रलाई बिशेष प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

जिल्लाका दुई नगर तथा १० गाउँपालिकामा सुआहारा दोस्रो चरण लागुभएको कार्यक्रम संयोजक ज्ञानदिप आचार्यले बताए । अहिले हरेक समुदायमा जनचेतना मार्फत महिला र बालबालिकामा सरसफाई र पोषणको क्षेत्रमा क्रमीक सुधार हुदैँ गएको उनले बताए ।

सुआहारा कार्यक्रमले समुदायका प्रत्येक परिवार र तिनका सदस्यहरुमा गर्भवती, सुत्केरी महिला र दुईवर्ष मूनिका बालबालिकाको स्वास्थ्यप्रति उत्प्रेरित गर्ने गरेको छ । ‘पोषण, कृषि, सरसफाई तथा स्वास्थ्य सेवालाई घरघरमा पु¥याउने हाम्रो अभियान हो, संयोजक आचार्यले भने, ‘बालबालिकालाई खानपान र सरसफाईको माध्यामबाट स्वस्थ्य राख्न सकिएमा मात्रै व्यक्तिको भविष्य र सिङ्गो समाज स्वस्थ्य हुन सक्छ ।

मानव स्वास्थ्य र गर्भावस्थादेखि विषेशगरी २ वर्षमूनिका बालबालिकाको अवस्था संवेदनशील हुने भएकोले यो कार्यक्रममार्फत पोषण, पौष्टिक खाद्यान्न उत्पादन तथा नर्सरी, बगैँचा तयार, हेरचाह, स्तनपान, थप खानाको आवश्यकता लगायतका तालिम र विधिहरु मर्फत जीवन व्यवहारमा लागू गराउने कार्यक्रमको मुख्य उद्देश्य सुआहारा कार्यक्रममै समिक्षा गौतमले बताइन् ।


हेरौ सोहि कार्यक्रमका केहि झलकहरु ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend