साझा नेटवर्क
कुमार “अविरल” पन्थी, कतार ।
सन्चारकर्मी महेश कार्की र रिमा लामाको दमदार अभिनय रहेको आधुनिक गीति एल्बम “कहिले हसाउछौ तिम्ले कहिले रुवाउछौ” नामक आधुनिक गितको म्युजिक भिडियो सङस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
पछिल्लो निकै चर्चामा रहेकी आधुनिक गायिका मेलिना राईको सुमधुर आवाज रहेको गित प्रेम कथामा आधारित आधुनिक गित हो । गीतमा चर्चित मोडल रिमा लामाको उकृष्ट शब्द तथा टंक बुढाथोकीको संगित रहेको छ ।
भबिन्द्र तामाङको निर्देशन रहेको भिडियोमा महेश कार्की र रिमा लामाले अभिनय गरेका छन । गितको भिडियोलाई कतारका विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ । गितको अडियोलाई स्टुडियो ९ तथा भिडियोलाई सेल्फी टिभीले उत्पादन तथा बजार व्यवस्थापन गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend