logo
  • शुक्रबार, असोज ९ २०८३

नैतिक रुपमा एमालेले भरतपुर जित्यो : नेता ज्ञवाली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

टोपलाल अर्याल, गुल्मी जेठ २२ ।
नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप कुमार ज्ञवालीले नैतिक रुपमा आफुहरुले भरतपुर महानगरपालिका जितेको बताएका छन् । चुनावी अभियानका लागि मुसिकोट नगरपालिको भुवाचिदी आएका ज्ञवालीले देवि ज्ञवालीले जित्ने पक्का भएपछि सुनियोजित रुपमा मतपत्र च्यातिएको बताए ।
चुनावकै दिनबाट खेल शुरु भएको हो,’उनले भने बिचबिचमा धेरै प्रयास गरेर अन्त्यमा मतपत्र च्यातियो ।’ उनले एमालेको जनलहर प्रति घेराबन्दी गरिरहेका दलहरुलाई निर्वाचन आयोगले समेत साथ दिएको आरोप लगाए । तर पनि आफुहरु सधै जनता र संघर्षको मैदानमै भएकाले त्यस्ता समस्याको डटेर समाना गर्ने उनले बताए ।

नेता ज्ञवालीले पछिल्लो समय कांग्रेस, माओवादी केन्द्र र मधेशबादी दल दोस्रो चरणको चुनाव पक्षमा नरहेको स्पष्ट पारे । उनले पहिलो चरणको चुनावमा एमालेलाई पत्तासाफ पार्ने र अविर र माला लगाए अर्को चुनाव गर्ने सत्तापक्षको योजना तुहिएको बताए ।

‘प्रचण्ड जीलाई छोरी मेयर भए पुग्यो, देउवालाई प्रधानमन्त्री चाहिएको छ, ज्ञवालीले भने, यी दुईबिचको चंगुलमा पार्टी र देश फस्यो । साथै उनले एमालेलाई सत्ताति कोर्के आँखा पार्नु जरुरी रहेको बताए । अहिले सम्म सुखद नतिजा आयो, ज्ञवालीले भने, प्रतिनिधी सभाको चुनावपछि एमालेले अत्यधिक बहुमतका साथ एकल सरकार चलाउँछ ।’

उनले चुनाव गर्ने उदेश्य नभएर नै सरकारले चुनावका मिति सारिरहेको प्रतिक्रिया दिए । मध्ये बर्खामा चुनाव गरेर किसानहरु माथी अन्याय सरकारले गरेको उनको जोड रहेको थियो । ‘गाउँ गाउँमा बर्खाले बाटाघाटा छैनन, ज्ञवालीले भने, मतदानमा किसानहरु कम सहभागी भए चुवान जित्छौ भन्ने सत्तापक्षको पुर्वाग्रही निर्णय हो ।

देशमा अहिले राष्ट्रियता जोगाउने र समाप्त पार्ने दुई शक्तिबिच लडाई भइरहेकाले एमालेलाई भोट दिएर देश बचाउन सवै कार्यक्रर्तालाई आग्रह गरे । मेयरमा वा वडामा कसले जित्ने र हार्ने भन्दा पनि देशनै संकटमा परेकाले जोगाउन एमालेलाई जनताको अत्यधिक बहुमत चाहिएको बताए ।

बृद्ध सापकोटालाइ भोट होइन सम्मान दिउँ : नेता श्रेष्ठ

नेकपा एमालेका पुर्व सांसद तथा नेता कमलराज श्रेष्टले कांग्रेसहरुले सम्मान दिएर राख्नुपर्ने कृष्णहरी सापकोटालार्ई टिकट दिएर गल्ती गरेको बताए । सापकोटा कांग्रेस नेता नभएर सहयोगी र समाजसेवी भएकाले भोट भन्दा पनि सम्मान दिनुपर्नेमा श्रेष्टले जोेड दिए ।

उमेरले पनि आराम गर्ने बेला भएका बृद्धलाई थन्क्याउन कै लागि नेपाली कांग्रेसले टिकट दिएको आरोप लगाए । त्यस्तै नेता श्रेष्टले जिल्लामा एमालेले सवै निकाय जित्ने संकाले कांग्रेस र माओवादी केन्द्र जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताए । उनले सकेसम्म पैसा र प्रलोभन देखाएर जित्ने नभए बुथ कब्जा गर्ने र मतपत्र च्यात्ने योजनामा सत्तापक्ष भएकाले चनाखो बन्न कार्यक्रर्तालाई आग्रह गरे ।

‘पहिले मतपेटिकामा मत खसेपछि हुन्थ्यो, उनले भने, अहिले मत खसालेर पनि मत सुरक्षित छैन, गणना सकिन पर्छ ।’ एकातिरका योजनाका पाइप अर्कोतिर पुराउनेहरुले गाउँगाउँमा एमालेले गरेका काम पनि आफुहरुले गरेको भन्दै प्रचार गर्नु लज्जास्पद भएको श्रेष्टले बताए ।

१० बर्षमा नमुना नगर : सापकोटा

मुसिकोट नगरपालिकामा एमालेको तर्फबाट मेयरको उमेदवार भएका एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटाले कृषी र पर्यटन मार्फत नगरबासीको सपना पुरा गर्ने बताए । जिल्लामै सवैभन्दा बढि मतदाता भएको मुसिकोट नगरबासीका निजी सपना पुरा गर्न आफुले उमेदवारी दिएको उनले बताए ।

‘नगरको विकासका लागि थुप्रै संभावना र अवसर छन्,’ सापकोटाले भने, १० बर्षमा नमुना नगर बनाउने योजना छ ।  आफु पार्टीको जिल्ला । सचिव भएको हैसियतले सवै क्षेत्रको बिषयमा जानकार रहेकाले नागरिकको मतको सहि सदुपयोग गर्ने प्रतिबद्धता उनले गरे । आफुहरु स्थानीयका समस्यासंग प्रत्यक्ष साक्षात्कार गरिरहेकाले जनतालाई कुनै दिन निहुरिएर हिड्नुनपर्ने सापकोटाले बताए ।

महिला मुक्तिका लागि उमेदवारी : शर्मा

एमालेको तर्फबाट मुसिकोट नगरपालिकाको उपमेयरको उमेदवार कमला शर्माले सम्पुर्ण महिलाहरुको मुक्तिका लागि आफुले उमेदवार दिएको बताइन् । लामो समयदेखि महिलाहरुका बिभिन्न सवालहरुमा आफु लड्दै आएकाले त्यो अभियानलाई मुर्त रुप दिन आफुलाई बिजयी बनाउन आग्रह गरिन् ।

‘अहिले सम्म पनि मापसे गरेर श्रीमानले कुट्दा कुट्यो नभन्ने महिला छन्,’ शर्माले भनिन,‘महिला शसक्तीकरण र सवै खाले बिभेदको अन्त्यका लागि सम्पुर्णको सहयोगको खाँचो छ ।’ पार्टीका विभिन्न संगठन मार्फत महिला र समाजका निम्ती नेतृ शर्माको मुल्याङ्कन गरेर पार्टीले टिकट दिएको छ । उनले सामाजिक र आर्थिक रुपले पछि पारिएका महिलाहरुको उत्थान नै आफ्नो प्राथमिक लक्ष्य भएको बताइन् ।

चुनावी आम सभामा बिद्यार्थी नेता राजेन्द्र बिक्रम कुवंर, एमाले नेताहरु जंग नेपाली, चेतन बस्नेत लगायतले पनि संबोधन गरेका थिए । साथै राष्ट्रियो लोक दोहरी गायक नारायण विपी परियार र बिष्णु श्रीपालीले विभिन्न गीत संगित मार्फत सभालाई थप रोचक भएका थिए ।

कार्यक्रम मुसिकोट नगर कमिटी संयोजक जीवन खरेलको अध्यक्षता, केन्द्रिय सचिव ज्ञवालीको प्रमुख आतिथ्यता तथा रेसुंगा नगरपालिकाका स्ववियु सभापति श्रीराम महतको संचालनमा सम्पन्न भएको थियो ।


हेरौ सोहि कार्यक्रमका केहि झलकहरु।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend