साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ जेष्ठ २२।
रेडियो सारथीको आयोजनामा संचालन भएको एक हप्ते आधारभुत पत्रकारीता तथा रेडियो उद्घोषण तालिमको आज एक कार्यक्रमका विच सम्पन्न भएको छ। समापन कार्यक्रममा वोल्दै नेपाल पत्रकार महासंघ का केन्द्रिय पार्सद तथा रेडियो परिवर्तनका स्टेसन म्यानेजर राम सुवेदिले शिपलाई व्यावहारमा उतार्न आफ्नो प्रतिवद्धताको नजिक रहनुपर्ने वताउनु भएको छ।
पत्रकारीता क्षेत्र आफैमा सफल र असफल नरहेको भन्दै सुवेदिले काममा भर पर्ने भएकोले आफ्नो काममा विश्वास गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा रेडियो सारथीका संचालक अध्यक्ष तथा स्टेसन म्यानेजर विष्णु भुसालले तालिम संचालनमा सहयोग गर्ने सवै प्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रशिक्षार्थी चन्द्रा रामजाली, भिम वहादुर काउचा ले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रम स्टेसन म्यानेजर विष्णु भुसालको अध्यक्षता, रेडियो संचालक समितिका कोषाध्यक्ष विष्णु अर्यालको स्वागत मन्तव्य तथा समचार प्रमुख कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो ।
तालिममा गुल्मी तथा वागलुङका १८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो भने नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीस, केन्द्रिय पार्सद रामनारायण सुवेदी र कमल पौडेलले तालिमको सहजिकरण गर्नुभएको थियो। तालिममा सहभागि सवैलाई रेडियोमा काम गर्ने अवसर दिइने रेडियोले जनाएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend