साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ २२ ।
दोस्रो चरणमा हुने स्थानिय निर्वाचनमा गुल्मीमा २६ वर्षिय युवा उम्मेदवार बनेका छन् । मालिका गाउँपालिकाको वडा नम्बर ६ बाट उम्मेदवार बनेका शोभाखर गिरी सम्भवत जिल्लाकै कान्छा र युवा उम्मेदवार हुन् ।
नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेक गिरी अनेरास्वबियु गुल्मीका जिल्ला सहसंयोजकमा थिए । बिद्यार्थी कालबाटै राजनीतिमा होमिएका गिरी वडा अध्यक्षको उम्मेदवार पाएसगै गाउँगाउँमा बिकासमा नाराहरु सहित चुनावी प्रचारमा जुटेका छन् ।
सानै देखि राजनितिक यात्रामा दौडिएका गिरीलाई दिएको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गर्न सक्ने आधारमा उनलाई जिम्मेवारी दिएको पार्टीले जनाएको छ । बिद्यार्थी कालमै बिभिन्न राजनैतिक क्रियाकलापमा क्रियाशिल युवा नेता गिरी बिभिन्न आन्दोलनमा अग्र स्थानमा रहेर काम गर्दै आएका छन् ।
बिद्यार्थी जिवनबाटै राजनितिक यात्र उत्कर्षमा पुर्याउन म संघर्षको मैदानमा छु गिरीले भने ‘वडा अध्यक्षमा जिते सुन्दर बिकासका योजनाहरु ल्याउने सोच लिएको छु ।’ बिद्यार्थी जिवनमा राजनितिक यात्रामा थिए उनले भने ‘पार्टीले जिम्मेवारी दियो कुशलता पुर्वक पुरा गर्ने अठोट लिएको छु ।’
यो स्थानिय चुनाव युवाको निम्ती सोडिम अबसर हो हामी नेतृत्वमा आउनु भनेको परिर्वतन ल्याउनु हो उनले भने ‘युवामा नयाँ जोस सगै नयाँ योजना हुन्छन् ति युवाले नै पुरागर्दछन् ।’ युवा जोस सगै मेरो जिवनको सबै यात्रा सामाजिक कार्यमा बिताउने अठोटका साथ मैदानमा उत्रिएको छु उनले भने ‘राजनीतिबाट के बृद्धा, के युवा, के वालक सबैको न्याय सबैको भलोका निम्ती सुन्दर योजनाहरु मैले ल्याउने सोच राखेको छु ।’
चुनावी अभियानमा घरदैलोमा भोटमाग्न पुगेका गिरीले युवाबाट नयाँ योजनाहरु देख्न र परिर्वतनको अबसरहरु ल्याउन दिन आफुलाई जिताउन भन्दै मत माग्ने गरेका छन् । निर्वाचनको मिति नजिकिएसगै उनि घरदैलो कार्यक्रममै ब्यस्त छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend