logo
  • शनिबार, असोज १० २०८३

वामीटक्सार र खर्वाङ क्षेत्रमा टेलिफोन वितरण सुरु, ३०० उपभोक्ता लाभान्वित हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

विमल नेपाली, गुल्मी जेठ २२।
नेपाल टेलिकम गुल्मी शाखाले गुल्मीको मुसिकोट नगरपालिकाको वामी र बागलुङको वडिगाड गाउँपालिका खर्वाङ आसपासका क्षेत्रमा ल्याण्डलाईन फोन लाईन वितरण सुरु गरेको छ।

टेलिकमका कार्यालय प्रमुख र प्राविधिकसहित ४ जनाको टोलीले फाने वितरण सुरु गरेको हो । आइतबार पहिलो दिन करिब १२ लाईन वितरण गरिएकोमा आज सोमबारदेखि पहिलो चरणमा फर्म भरेका सवै करिब एक सय जनालाई लाईन वितरण गरिने प्रमुख उमानाथ पोखरेलले जानकारी दिनुभयो।

वामीमा वितरणको काम सकेर खर्वाङ,हाडिखोला क्षेत्रमा वितरण गरिने उहााले जानकारी दिनुभयो। मुसिकोट नगरपालिका ७ वामी पल्टारमा सम्पर्क कार्यालय स्थापना गरी सेवा प्रदान गरिएको पोखरेलको भनाई छ ।

यस क्षेत्रमा करिब तिन सय लाईन फोन वितरण गर्ने योजना रहेको बताउदै उहााले इच्छुक उपभोक्ताले वामीको पल्टारमा रहेको सम्पर्क कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।

करिब एक महिना अगाडी वामी,खर्वाङ, हाडिखोला क्षेत्रमा फाइबर तारसहितको पुर्वाधारको विकास गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend