साझा नेटवर्क
टेकराज थापा, कतार ।
प्रवासमा अर्घाखाँची बासी एक हौ, नेपाली समाजको लागि केहि गरौ भन्ने मुल नाराका अगाडी बढि रहेको अर्घाखाँची सेवा समाज कतारको १४ औ मासिक बैठक मिति ०३ जुन २०१७ का दिन अध्यक्ष ठाकुर कुमार परियारको अध्यक्षतामा र महासचिब टेकराज थापाको सञ्चालनमा दोहा स्थित मुन्ताजा पार्कमा विभिन्न प्रस्तावहरु माथी छलफल गरी सम्पन्न भएको छ ।
उक्त बैठकमा गत १९ मई २०१७ का दिन अर्घाखाँची सेवा समाजले आयोजना गरेको जिल्ला बासि बिच विविध सांगीतिक कार्यक्रम तथा मिलन समारोह बारेमा समिक्षा गरिएको थियो ।कार्यक्रमको बारेमा उपस्थित सल्लाहकार बेद राज अधिकारी, जिल्ला बासि अग्रज व्यक्तित्व रेम बहादुर बस्नेत ,नारायण बस्नेत ,त्यसै गरि बाँगी सेवा समाज कतारका अध्यक्ष कुल बहादुर केसी, कार्यसमिति लगाएत जिल्ला बासी सुभ चिन्तकहरुले आ आफ्ना भनाई राखने क्रममा कार्यक्रम सव्य भव्य भएको जिल्ला बासीको उक्त कार्यक्रममा उपस्थिति बाक्लो रहेकोमा खुशी ब्यक्त गरेका थिए ।
यसैगरि मुस्लिम समुदायको महान पर्व इदको सुभ अवसरमा विभिन्न् संघ सस्थाले आयोजना गर्ने भोलिबल प्रतियोगितामा अर्घाखाँची सेवा समाजले पनि सहभागितामा जनाउने पर्ने बारे व्यापक छलफल गरिएको थियो । उक्त बैठकले खेल संयोजक बिष्णु क्षेत्रीलाई जिल्ला बासि खेलाडीहरुलाई चुस्तदुर्स्त पारि तैयारी अबस्थामा राख्ने जिम्मा दिएको छ।
अन्त्यमा समाजका अध्यक्ष ठाकुर कुमार परियारले सस्थाले आयोजना गरेको जिल्ला बासि बिच विविध सांगीतिक कार्यक्रम तथा मिलन समारोह कार्यक्रमा निकै नै उत्साह जनक सहभागिताका बीच सम्पन्न भएको बताउदै सो कार्यक्रम रचनात्मक तरिकाले सम्पन्न गराउन सबैको अहम भूमिका रहेको हुदाँ सम्पुर्ण ब्याक्तित्वहरुलाई आफ्नो स्थानबाट संस्थाले दीएको जिम्मेवारीलाई सहज रुपमा पालना गर्नु भएकोमा धन्यवाद प्रकट गरेका थिए ।
संस्थाले लिएका भाबी योजनाहरुलाई तिब्र गतिमा शसक्त सँग सहकार्य गरी अगाडी बढ्ने प्रतीवद्धता जनाउदै उपस्थिति सम्पूर्णलाई धन्यवाद दिदै सौ सौहार्द बाताबरणमा कार्यक्रम समापन गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend