logo
  • शुक्रबार, असोज ९ २०८३

चलचित्र ‘पर्व’ : सामाजिक विकृतिको चित्रण जापानमा आईतवार प्रदर्शन हुदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

संगीता कुँवर, टोकियो ।
दर्शकहरुको नजरमा प्राय नेपाली चलचित्रहरु स्तरियताको कोण बाट माथि उठ्न नसकेको प्रतिक्रिया आए पनि फरक शैलिमा चलचित्र निर्माण हुने शैलिको भने विकाश हुदै गएको छ । फरक शैलिको ट्रेण्डमा चलचित्र ‘पर्व’लाई पनि लिन सकिन्छ ।

सस्पेन्स शैलिमा निर्माण गरिएकाले चलचित्र ‘पर्व’ नेपाली दर्शकहरुले रुचाएका छन । युवा लेखक मानवविक्रम मल्ल (कोसिस क्षेत्री) नेपालको एक चर्चित साहित्यकार हुन्छ । एउटा इभेन्टको सिलसिलामा उसको भेट एक युवती ऋतु (नम्रता श्रेष्ठ) सँग हुन्छ । छोटो समयमा नै उनीहरुबीचको सम्बन्ध नजिकिँदै जान्छ ।

तर, मानव नजिकिनुमा ठूलै स्वार्थ हुन्छ । फिल्म त्यही स्वार्थको वरिपरि घुमिरहन्छ । किन मानव नम्रतासँग नजिकिन्छ भन्ने रहस्यका लागि भने चलचित्र नै हेर्नुपर्ने हुन्छ । वर्तमान सामाजिक विकृती विरुद्ध चित्रण गरिएको कथावस्तु संगै सवैभन्दा सवल पक्ष चलचित्रको गित संगित हो ।

चलचित्र पर्व रिलिज हुनु पूर्व नै निश्चल बस्नेत र माला लिम्वुको दमदार प्रश्तुति रहेको ‘काले दाई–काले दाई’ बोलको गितले नेपाली श्रोता दर्शकका माझ हंगामा मचाईरहेको छ । चलचित्रको अर्को आकर्षक पक्ष ‘पाश्र्व ध्वनि’ पनि हो । पाश्र्व ध्वनिले चलचित्रलाई अल्छी बनाएको छैन । चलचिमा लाईछ ईफेक्ट राम्रो देखिएको छ । परिवेश अनसार लाईट ईफेक्ट दिने प्रयास गरिएको छ ।

चलचित्र जेठ १२ मा नेपालमा रिलज भएको भएता पनि नेपाली दर्शक तथा चलचित्र प्रेमीहरुको चाहना लाई मध्यनजर राख्दै सोलमारी ग्रुपले जापानमा पहिलो पटक ‘पर्व’ प्रदर्शन गर्न लागेको हो ।

जुन ४ तारिक आईतवार (भोली) साँझ ५ः३० बजे टोकियोको मेगुरो कुमिन सेन्टरमा हुने चलचित्र ‘पर्व’को विशेष प्रदर्शन हुदैछ । जापानबासी नेपालीहरुको उत्साह र हाल सम्मको टिकट विक्रिका कारण चलचित्र हेर्नेको संख्या उल्लेख्य हुने सोलमारी ग्रुपका अध्यक्ष पुष्कर जंग थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend