logo
  • शनिबार, असोज १० २०८३

विमान दुर्घटनामा निधन भएका महासेनानी गुरुङको अन्त्येष्टि


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

काठमाडौँ, जेठ १९ ।
बाजुराको कोल्टीमा यही जेठ १६ गते भएको विमान दुर्घटनामा परी निधन भएका महासेनानी कैलाश गुरुङको आज पशुपति आर्यघाटमा उच्च सैनिक सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टिका क्रममा रक्षामन्त्री बालकृष्ण खाँड र प्रधानसेनापति राजेन्द्र क्षत्रीले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो । यसैगरी पूर्वप्रधान सेनापति, बहालवाला तथा अवकाशप्राप्त रथीवृन्द, अधिकृत, पदिक, स्वर्गीय गुरुङका परिवारजन र आफन्त तथा शुभेच्छुकले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

२०४६ साल वैशाख ११ गते अधिकृतका रुपमा सैनिक सेवामा प्रवेश गर्नुभएका महासेनानी स्व गुरुङले नेपाली सेनाको एक कुशल पाइलटका रुपमा सैनिक हवाई सेवा विस्तार र सैनिक उडानमा विशिष्ट योगदान पुराउनु भएको थियो ।

सैनिक अधिकृतका अलावा उहाँ गीतकार÷गायक तथा समाजसेवी समेत हुनुहुन्थ्यो । बहुप्रतिभाका धनी स्वर्गीय गुरुङले जनप्रशासन र इतिहास विषयमा स्नातकोत्तर गर्नुभएको थियो । उहांका ‘रक्षकको गीत’ (गीतमाला) लेख सङ्ग्रह, कावेरी लेख सङ्ग्रह, अर्पण (गीति एल्बम), प्रकाशित छन् ।

भोजपूर जिल्लाको छिनामखु गाविस–४ मा २०२७ सालमा जन्मनुभएका महासेनानी स्वर्गीय गुरुङका एक श्रीमती र दुई छोरीहरु छन् । रासस

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend