साझा नेटवर्क
कमल पौडेल, बाग्लुङ जेष्ठ १९ ।
वडिगाड गाउँपालिका वडा नं. १ र २ का नवनिर्वाचित जनप्रतिनिधिहरुले आज पदभार ग्रहण गर्नुभएको छ। वडा नं. १ को वडा कार्यालय तुम्डाडामा भएको एक कार्यक्रममा वडा अध्यक्ष वोम वहादुर थापा तथा वडा सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो।
सो कार्यक्रम पछि वसेको वडा समितिको वैठकले केहि निर्णयहरु समेत गरेको थियो । त्यस्तै वडा नं. २ को वडा कार्यालय खर्वाङमा भएको एक कार्यक्रममा वडा अध्यक्ष विष्णु प्रसाद भुसाल तथा वडा सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो। पदभार ग्रहण गरे संग आजैवाट वडा वाट हुने काम नव निर्वाचित जनप्रतिनिधिहरुले सुरु गर्नु भएको छ।

खर्वाङमा जनप्रतिनिधिले काम सुरु भएकै दिन साँझ सम्म काम सम्पादन भएको थियो। यसैविच निर्वाचित जनप्रतिनिधिले काम सुरु गरेसंगै स्थानियहरु हर्षित भएका छन्। जनप्रतिनिधिहरुले जनभावना अनुरुप धेरै काम गर्न सक्ने स्थानियले अपेक्षा गरेका छन्।
उता गाउँपालिका तथा नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई स्थानिय तह संचालन सम्वन्धमा ३ दिने तालिम पोखरामा हुने भएको छ। यहि जेष्ठ ३०, ३१ र असार १ गते तालिम हुने बडिगाड गाउँपालिकाका कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend