साझा नेटवर्क
अनिल खत्री, गुल्मी, जेठ १९ ।
दोस्रो चणमा हुने स्थानीय तहको चुनावका लागि गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको उम्मेदवार छनोटका विषयलाई लिएर कांग्रेसभित्र विवाद भएको छ । जिल्लामा रहेका सबै स्थानिय तहमा उम्मेदवार टुङ्गो लगाएपनि रेसुङ्गा नगरपालिमाको प्रमुखमा भने बिवाद देखिएको छ ।
मुख्य तया नगरको प्रमुख पदमा दुई नेताले उम्मेदवारी दाबी गरेपछी बिवाद बढेको हो । नगरप्रमुखमा कांग्रेसका नेता भुवनप्रसाद श्रेष्ठ र शालिक पन्थीले दावी गरेपछी बिवाद देखिएको छ । दुबै नेताहरुले आफुले जित्ने दावी प्रस्तुत गरेर पदमा दावी गरेपछी जिल्लाले उम्मेदवार छान्न नसकेपछी उनिहरुसहित थप दुइजनाको नाम थपेर केन्द्रमा पठाइएको छ ।
केन्द्रमा ४ जनाको नाम पठाएपनी मुख्य प्रतिस्पर्धा पन्थी र श्रेष्ठ बिच नै रहेको छ । उम्मेदवार छनोटमा कांग्रेस गुल्मीमा बिशेष गरि श्रेष्ठ पक्ष र पन्थी पक्ष दुई गुट बनेको छ । श्रेष्ठ पक्षका कार्यकर्ताले श्रेष्ठ नै उम्मेदवार हुनुपर्ने भनेका छन् भने पन्थी पक्षले पन्थीलाई नै उम्मेदवारी दिनुपर्ने मत रहेको छ ।
जिल्ला तहबाट नाम सिफारि नभएपछी यतिबेला दुबै पक्षले केन्द्रमा उम्मेदवार छनोटको लागी लबिङ्ग गरिरहेका छन् । कांग्रेसका एक नेताका अनुसार केन्द्रमा दुबै पक्षले ठुला नेताहरुलाई सिफारिस गर्न दवाव दिएको बताए । उम्मेदवार छनोटको लागी शुक्रावार साँझ सम्म कांग्रेसको केन्द्रि कार्यालयमा छलफल हुने समेत बताए ।
उम्मेदवार छनोट समितिले पार्टी सभापति श्रेष्ठलाई नै मेयरमा सिफारिस गर्ने भनेपछी पन्थीले असन्तुष्टि जनाएका छन् । छनौट समितिले पूर्वाग्रही निर्णय गरेको आरोप लगाउँदै पन्थी र कोषाध्यक्ष हरिबहादुर केसीले नोट अफ डिसेन्ट नै लेखेका छन् । जसले गर्दा नगर भित्र चुनावी बिबाद चुलिदै गएको छ ।
पार्टीका सवै अवसर सिमित व्यक्तिले मात्र लिनु पार्टी म¥र्यादा विपरित हुने पन्थी पक्षको रहेको छ । पार्टीको भर्खरै सम्पन्न अधिवेशनमा समेत सभापति पदका लागि पन्थी श्रेष्टका निकटतम प्रतिद्धन्दी हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend